२० बैशाख २०८१, बिहिबार | May 2, 2024

दमका रोगीले चिसोमा ध्यान दिनैपर्ने ७ कुरा



एजेन्सी । चिसो मौसम दम रोगका बिरामीकालागी अत्यन्त कष्टकर रहने गर्दछ । चिसोमा दमले अन्य समयको तुलनामा बढि च्याप्ने गर्दछ ।

चिसोमा स्वास नली खुम्चिनुका साथै कफको उत्पादन बढाउँछ । यसबाहेक धुवाँ र वातावरणमा मिसिएका तत्व माथि पुग्न नसकेर वायुमै तैरिने गर्छ । परिणामस्वरुप, चिसोमा आस्थमाको समस्या बढ्ने गर्छ । तसर्थ यसका रोगीले चिसोमा सर्तक हुन जरुरी छ । चिसोमा दम रोगीले के के कुराको ख्याल राख्ने त ?

१. चिसोमा दमका रोगीले बाहिरबाट घर आउँदा पहिले हातखुट्टा राम्ररी धुनुपर्दछ । अन्यथा हातखुट्टामा टासिएको धुलोका कण तथा भाइरस स्वास नली वा मुखसम्म सजिलै पुग्दछ ।

२. दम रोगीले जाडोमा अनिवार्य न्यानो कपडा लगाउनु पर्छ । तर एसीमा लामो समय बस्नु राम्रो हुदैन ।

३. जाडोमा आगो ताप्न मज्जा हुन्छ तर दमका रोगीले आगोमा बस्नु हानीकारक हुनसक्छ ।

४. चिसोमा दम रोगीले खानपानमा विशेष ध्यान दिनुपर्छ । तातो तरल पदार्थ, कम वोसोयुक्त खानेकुरा, ताजा फलफुल तथा हरियो साजसब्जी अमिलो वा कागती खानाले आस्थमाको समस्या बढ्दैन । तर अमिलोको एलर्जी भएकाले भने खानु हुदैन ।

५. दम रोगीले घरबाट निस्कदा मास्कको प्रयोग गर्नुपर्छ ।

६. विहानको मर्निङ्ग वाक गर्नेहरुले घाम लागेपछि मात्र गर्नुपर्छ किनकी प्रदुषणका कारण रातको समयमा वायुमा जम्मा भएको धुवा विहानीपख तुवालोमा परिणत हुन्छ ।

७. राती सुत्नु अघि दम रोगीले स्टिम लिएमा फोक्सोमा जमेको दिनभरको फोहर बाहिर निस्कने गर्दछ ।

प्रकाशित मिति : १ पुस २०७७, बुधबार  ६ : ०९ बजे

रेसुङ्गा पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रेसुङ्गा धार्मिक तथा प्राकृतिक

वेस्ट इन्डिज ए सँग नेपालको लगातार तेस्रो हार

काठमाडौं । नेपाल वेस्ट इन्डिज ए सँग लगातार तेस्रो खेलमा

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

काठमाडौं । ‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका

बर्दिया एमाले अध्यक्षमा शालिकराम अधिकारी प्यानल सहित विजयी

बर्दिया । नेकपा एमाले बर्दियाको अध्यक्षमा एमाले उपाध्यक्ष विष्णु पौडेल

वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य

काठमाडौं । वेस्ट इन्डिज ए ले नेपाललाई २१० रनको लक्ष्य