४ श्रावण २०८३, सोमबार | July 20, 2026

देशविदेशका श्रष्टाहरुलाई सम्मान गर्दै नेपाल प्रज्ञा–प्रतिष्ठानको प्राज्ञ सभाको ३५ औँ बैठक सम्पन्न



काठमाडौँ । देशविदेशका बिबिध बिषयका श्रष्टाहरुलाई सम्मान गद नेपाल प्रज्ञा–प्रतिष्ठानको प्राज्ञ सभाको ३५ औँ बैठक सम्पन्न भएको छ ।

प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीको अध्यक्षतामा सम्पन्न भएको समारोहमा प्रधानमन्त्री एवम् नेपाल प्रज्ञा–प्रतिष्ठानका प्रमुख संरक्षक केपी शर्मा ओलीले भिडियो सन्देश मार्फत बैठकको सफलताको शुभकामना ब्यक्त गरेका थिए । भिडियो सन्देशमार्फत् प्रधानमन्त्री ओलीले कोभिड–१९ ले विविध क्षेत्रमा पारेका नकारात्मक प्रभावका बीच समस्याभित्रबाट समाधानको उपायको खोजी गर्नु प्राज्ञिक क्षेत्रको दायित्व भएको बताएका थिए ।

प्रधानमन्त्री ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को सङ्कल्प पूरा गराउने क्रममा हरेक क्षेत्रको भूमिका हुने भएकाले मानवीय अन्तरप्रज्ञालाई जागृत गर्दै त्यसमा मानव समाजलाई सार्थकरुपमा हिँडाउनु प्राज्ञिक निकायको दायित्व भएको बताए । तपोभूमि र अमूल्य वरदानयुक्त नेपालका पाखा र खोँचमा अनेक महाकाव्य लुकेर बसेका तथा कैयौँ आविष्कार गर्भमा रहेको प्रसङ्ग उल्लेख गर्दै प्रधानमन्त्री ओलीले प्रज्ञा–प्रतिष्ठानले नेपाल र नेपाललाई चिनाउने आधिकारिक र प्रामाणिक ग्रन्थ ‘नेपाल दर्पण’ प्रकाशनको योजना अगाडि बढाएकोमा आफूलाई हर्षित तुल्याएको बताए ।

बैठकको उदघाटन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री एवम् नेपाल प्रज्ञा–प्रतिष्ठानका संरक्षक योगेश भट्टराईले पछिल्लो समयमा नेपाली संस्कृतिमाथि अतिक्रमण बढ्दै गएकाले त्यसलाई रोक्न सम्पूर्ण संस्कृतिकर्मीहरूलाई आग्रह गरे । उनले देशको कला, साहित्य, इतिहास र संस्कृतिको संरक्षण गर्न प्राज्ञिक वर्गलाई संवेदनशील हुन आग्रह गरे । नेपालको विविध भाषा, साहित्य, संस्कृति, सभ्यता र भूगोल विश्वका ठूला मुलुकहरुको भन्दा कम नभएको बताउँदै मन्त्री भट्टराईले पूर्वीय संस्कृतिभित्रको विविधता जोगाउन विश्वभर छरिएर रहेका नेपाली भाषीहरूलाई अनुरोध गरे ।

कुलपति गङ्गाप्रसाद उप्रेतीले प्रज्ञा–प्रतिष्ठानले गरिरहेका कार्यक्रमहरूको समीक्षा र भावी कार्यक्रमिक योजनाबारे सभामा छलफल हुने जानकारी दिए। कार्यक्रममा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति केके कर्माचार्यले ३५ औँ प्राज्ञ सभा बैठकको सफलताको शुभकामना ब्यक्त गरेका थिए ।

उदघाटनसत्र लगत्तै प्राज्ञ सभाका अध्यक्ष गङ्गाप्रसाद उप्रेतीको अध्यक्षतामा बसेको प्राज्ञ सभाको ३५ औँ बैठकले गत आ.व.को खर्च पारित गर्दै चालू आ.व.का लागि १९ करोड ५० लाखको अनुमानित बजेट पारित गरेको छ ।

बैठकले प्रा.डा. वीरेन्द्रप्रसाद मिश्रलाई नगद दुई लाखको नेपाल सामाजिकशास्त्र÷संस्कृति÷दशनशास्त्र पुरस्कार र नगद दुई लाख राशिकै नेपाल प्रज्ञा भाषा पुरस्कार प्रा.डा. तेजरत्न कंसाकरलाई प्रदान गर्ने निर्णय गरेको छ । यसै गरी एक लाख राशिको नेपाल प्रज्ञा नेपाली साहित्य पुरस्कार हरिहर खनाल र रविमान लम्जेल, हिमाल, पहाड र तराईमा बोलिने मातृभाषा साहित्यतर्फ पूर्ण वैद्य, इन्द्रबहादुर गुरुङ, चतुर्भजलाल दास केवरत र हंसावती कुर्मीलाई प्रदान गर्ने निर्णय गरेको छ । बैठकले दुई दुई लाख राशिको भानु प्रज्ञा अन्तरदेशीय नेपाली साहित्य पुरस्कार भारत, आसामका लीलबहादुर क्षेत्री, नेपाल प्रज्ञा अनुवाद पुरस्कार कृष्णप्रकाश श्रेष्ठ र विदेशी नागरिकलाई दिइने ३ हजार अमेरिकी डलर वा सो बराबरको नेपाल प्रज्ञालङ्कार सम्मान चीनका प्राध्यापक वाङ हङवेईलाई प्रदान गर्ने निर्णय गरेको छ । यसै गरी बैठकले डा. महेशराज पन्त र प्रा.डा. सूर्यप्रसाद सुवेदीलाई प्रज्ञा–प्रतिष्ठानको मानार्थ सदस्यता र आनन्ददेव भट्टराई आजीवन सदस्यता प्रदान गर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति : १ पुस २०७७, बुधबार  ८ : १४ बजे

कञ्चनपुरमा च्याउ टिप्न जंगल गएका १४ महिला सम्पर्कविहीन, सेना-प्रहरीद्वारा खोजी तीव्र

कञ्चनपुर। कञ्चनपुरको भीमदत्त नगरपालिका–१९ बागफाँटाका १४ जना महिला च्याउ टिप्न

फिस्लिङमा पहिरो जाँदा सडक अवरुद्ध

चितवन । पृथ्वी राजमार्गअन्तर्गत इच्छाकामना गाउँपालिका–२ फिस्लिङको पानीधारा र चुमखोलामा

निकुञ्जले बाँड्यो एक करोड २९ लाख राहत

चितवन । चितवन राष्ट्रिय निकुञ्ज आसपासमा रहेका बस्तीमा वन्यजन्तुले पु¥याएको

साउनको पहिलो सोमबार, पशुपतिनाथमा बिहानैदेखि दर्शनार्थीको घुइँचो

काठमाडौं । यस वर्षको साउनको पहिलो सोमबार आज बिहानैदेखि पशुपतिनाथलगायत

डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनालाई स्तब्ध बनाउँदै स्पेनले जित्यो १६ वर्षपछि विश्वकपको उपाधि

काठमाडौं । साविक विजेता अर्जेन्टिनालाई अतिरिक्त समयमा १-० गोलले पराजित