२० कार्तिक २०८३, शुक्रबार | November 6, 2026

बिआरआई साहित्यिक सञ्जालमा नेपालको सहभागिता



काठमाडौं । चीनले स्थापना गरेको बेल्ट एण्ड रोड इनिसियटिभ (बिआरआई)सँग सम्बन्धित साहित्यिक संस्था ‘लिटरेरी नेटवर्क अफ द बेल्ट एण्ड रोड’ (बेल्ट एण्ड रोड साहित्यिक सञ्जाल) मा नेपाल सहभागी भएको छ ।

चिनियाँ लेखक सङ्घ संस्थापक र नेपाल प्रज्ञा–प्रतिष्ठानसमेत सहसंस्थापक रहेको सो नेटवर्कले साहित्य, संस्कृति तथा सभ्यताको अध्ययन–अनुसन्धान, अनुवाद, प्रतिलिपि अधिकारको संरक्षण, प्रकाशन, साहित्यिक एवं सांस्कृतिक आदानप्रदान आदि गर्ने उद्देश्य लिएको छ । बेल्ट एण्ड रोडसँग जोडिएका सयभन्दा बढी देशका सरकारी प्रज्ञा–प्रतिष्ठानलाई समेटेर उक्त सञ्जालको स्थापना गरिएको हो ।

प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले भर्चुअल माध्यमबाट संयुक्त बैठकलाई सम्बोधन गर्दै आफ्ना वैभव र अनुभवको आदानप्रदान गर्न यो साझा मञ्च निकै प्रभावकारी हुने विश्वास व्यक्त गरे । उनले भने, “यो प्रतिस्पर्धी संसारमा हामी एक्लै हिँडेर कहीँ पुग्न सक्दैनौँ, आपसी समझदारीका साथ एकापसमा सहकार्य गरेमा हामी अवश्य पनि लक्ष्यमा पुग्ने छौँ, त्यसका लागि यो उपयुक्त मञ्च हुनेछ ।”

चिनियाँ लेखक सङ्घका अध्यक्ष थी निङ समारोहमा उपस्थित भएका थियो । उनले आजको युगमा आपसी सहकार्यको अपरिहार्यता रहेको उल्लेख गर्दै बेल्ट एण्ड रोड साहित्यिक सञ्जालले यस क्षेत्रमा असीमित कार्य गर्नसक्ने बताए।

माओ तुन साहित्य पुरस्कार विजेता ल्यु चेनयुन, गे केइ र अनलाइन साहित्य लेखक थान्जिया सानसाओसहित चिनियाँ प्रतिनिधि लेखक÷साहित्यकार, चीन पब्लिसिङ्ग गु्रप, पिपुल्स लिटरेचर पब्लिसिङ्ग हाउस, पिपुल्स लिटरेचर पत्रिका, राइटर्स पब्लिसिङ्ग हाउसका प्रतिनिधि, अन्य प्रकाशन संस्थाका प्रतिनिधिका साथै चिनियाँ कम्युनिस्ट पार्टीका नेतासमेत समारोहमा सहभागिता थियो ।

प्रकाशित मिति : १४ आश्विन २०७८, बिहिबार  १० : ४२ बजे

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ब्यागेज व्यवस्थापनको ‘लाइभ फिड’ सेवा सुरु

काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा यात्रुको ब्यागेज व्यवस्थापनलाई थप पारदर्शी

लेक लाग्ने समस्याको व्यवस्थापनसम्बन्धी मापदण्ड स्वीकृत

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले ‘उच्च पहाडी तथा

सुनको मूल्य पाँचहजार ९००ले घट्यो, चाँदीको के छ ?

काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला रु पाँच

जनतालाई जोगाउनु सरकारको पहिलो प्राथमिकता हुनुपर्छ : रवि लामिछाने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नारायणी

बुटवलमा आजदेखि तीनदिने दीपावली सडक खाना महोत्सव

बुटवल । नेपालीको दोस्रो ठूलो पर्व तिहारको अवसरमा बुटवलमा आजदेखि