१५ चैत्र २०८०, बिहिबार | March 29, 2024

गाडी भाडा नहुँदा सल्यान अस्पतालमै थन्कियो स्वाब



सल्यान । स्वास्थ्य सेवा कार्यालय सल्यानमा आर्थिक अभाव हुँदा पिसीआर परीक्षणका लागि सङ्कलन गरिएको स्वाब अस्पतालमै थन्किएको छ ।

सङ्कलन गरिएको स्वाब सुर्खेतसम्म पुर्याउन आर्थिक अभावका कारण पठाउन नसकिएपछि अस्पतालमै थन्किएको हो ।

कोरोना परीक्षण केन्द्र सुर्खेतसम्म सङ्कलन गरिएको स्वाब पठाउन यातायातका लागि दिनुपर्ने रकम अभाव हुँदा समस्या भएको स्वास्थ्य सेवा कार्यालय सल्यानका कोरोना फोकल पर्सन रिखाराम पुनले बताए ।

स्वास्थ्यका लागि सक्षम प्रणाली नामक संस्थाले महिनाको दुईपटक स्वाब पठाउनका लागि यातायात खर्च व्यहोर्ने भए पनि उक्त खर्च पनि पर्याप्त नभएको पुनको भनाइ छ ।

“एउटा गाडीले सुर्खेतसम्म पुगेको रु सात हजार ५०० लिन्छ तर संस्थाले रु सात हजार मात्र पठाउने गर्छ । थप पैसा उपलब्ध हुन नसकेपछि एक हप्ता अगाडिदेखि सङ्कलन गरिएको स्वाब अस्पतालमै थन्किएको छ”, पुनले भने ।

स्वाब सङ्कलन गरेर पनि पिसीआर रिपोर्ट नआउँदा स्थानीयवासी समस्यामा पर्न थालेका छन् । “स्वाब दिएको एक हप्ता भइसक्यो, होमआइसोलेसनमा छु, स्वाब दिएको लामो समय बितिसक्दा पनि रिपोर्ट नआउँदा कामकाज गर्न समस्या भयो”, पत्रकार सरिता चलाउनेले बताइन् ।

कोरोना सङ्क्रमित व्यक्तिको सम्पर्कमा आएर स्वाब दिएको एक हप्ता बितिसक्दा पनि रिपोर्ट नआउँदा मानसिक तनावसमेत हुन थालेको स्वाब दिएकाहरुले बताउन थालेका छन् । “कोरोना सङ्क्रमण भएको १४ दिनमा निको हुन्छ भन्ने छ तर स्वाब दिएको १४ दिनसम्म पनि रिपोर्ट नआएपछि किन परीक्षण गराउने”, स्वाब दिएका एक स्थानीयवासीले भने ।

सङ्कलन गरिएको स्वाब कहिलेसम्म पठाउने भन्ने यकिन नभएको अस्पताल स्रोतले जनाएको छ । अस्पतालमा समेत गाडी भएको तर निकै पुरानो भएकाले समस्या भएको छ ।

कतिपय स्थानीय तहहरुसँग समन्वय गरेर स्वाब पठाउने गरे पनि सरकारले नै लक्षण देखिएमा मात्र स्वाब सङ्कलन गर्नु भनेपछि स्थानीय तहहरुले समेत स्वाब सङ्कलन गर्न छाडेका छन् ।

प्रकाशित मिति : १ पुस २०७७, बुधबार  १२ : २० बजे

एसइई परीक्षा : सुदूरपश्चिममा एक हजार२१ परीक्षार्थी अनुपस्थित

सुदूरपश्चिम । आजदेखि सञ्चालनमा आएको माध्यमिक शिक्षा परीक्षा (एसइई)को परीक्षामा

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार प्राधिकरणका पूर्व

प्रेस चौतारी रुपन्देहीको आयोजनामा दुइदिने डिजिटल मिडिया व्यवस्थापन तथा लेखनवृत्ति तालिम सम्पन्न

बुटवल । प्रेस चौतारी नेपाल, रुपन्देही शाखाको आयोजनामा दुईदिने डिजिटल

अहिलेको सत्ता समीकरण स्वार्थको गठबन्धन होइन : अध्यक्ष ओली

झापा । पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

रुपन्देहीको तिलोत्तमामा रहेको लुम्बिनी वल्ड स्कुलले असल अभिभाकत्व र तनाव व्यवस्थापन तालिम गर्ने

बुटवल । रुपन्देहीको तिलोत्तमा-१३ मधवलियामा रहेको लुम्बिनी वल्ड स्कुलले अभिभावकका