५ आश्विन २०८१, शनिबार | September 21, 2024

सल्यानमा गुडिरहेको बसमा करेन्ट लाग्दा २ जनाको मृत्यु



सुर्खेत । सल्यानमा गुडिरहेको बसमा करेन्ट लाग्दा दुईजनाको घटनास्थलमै मृत्यु भएको छ ।

बिहीबार बिहान १०ः३० बजे राप्ती राजमार्गअन्तर्गत जिल्लाको कपुरकोट गाउँपालिका-३ चोरखोला स्थित दाङ तुलसीपुरबाट रोल्पा जादै गरेको रा १ ख ८,३४ नम्बर बसले सडक छेउमा रहेको ३३ केभी प्रसारण लाइनको विद्युतको पोल सर्पोटको लागि छेउमा गाडिएको तारमा छुइँदा करेन्ट लागेर दुईजनाको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

मृतक दुईजनाको सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यलय सल्यानका सुचना अधिकारी सुचना तथा प्रहरी निरिक्षक गोपाल श्रेष्ठले जानकारी दिए । उनका अनुसार बसमा  २० जना सवार रहेकोमा दुईजनाको मृत्यु र एक जना घाइते भएका छन भने अन्य यात्रु सकुशल रहेको छन् ।

घाइतेलाई उपचारको लागि कपुरकोट पठाइएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएका छ ।

प्रकाशित मिति : २१ असार २०८०, बिहिबार  १२ : १९ बजे

दसैँको टीकाको उत्तम साइत बिहान ११ बजेर ३६ मिनेटमा

काठमाडौँ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको दसैँको

वित्तीय संस्थालाई थप विश्वसनीय बनाउन जरुरी छः अर्थमन्त्री

काठमाडौं । एसियाका विभिन्न १६ देशका निक्षेप तथा कर्जा सुरक्षण

सिद्धबाबा सुरुङमार्गमा २४ सै घण्टा काम हुँदै, ३ मध्य २ वटा बाइपास सुरुङको ‘ब्रेक थ्रू’

बुटवल । सिद्धार्थ राजमार्ग अन्तरगत निर्माणाधिन सिद्धबाबा सुरुङमार्ग निर्माणको कामलाई

रुपन्देहीमा एमाले सरकारका विरुद्ध एमाले केन्द्रीय सचिव सडक आन्दोलनमा

बुटवल । एमाले अध्यक्ष केपी ओली नेतृत्वको विरोधमा एमालेका केन्द्रीय

माओवादी केन्द्रको पश्चिम प्रवास समितिको परामर्श बैठक सुरु

काठमाडौं । नेकपा माओवादी केन्द्रको प्रवास प्रदेशअन्तर्गत पश्चिम प्रवास संगठन