२ पुस २०८२, बुधबार | December 17, 2025

विवादास्पद अध्यादेश फिर्ता लिन ओली सहमत, स्थायी कमिटी बैठक सुरु



काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक बल्ल सुरु भएको छ ।

दिउँसो १ बजे बस्ने भनिएको बैठक ३ घण्टा ढिलो सुरु भएको हो ।

सरकारले मंगलबार जारी गरेको संवैधानिक परिषदसम्बन्धी अध्यादेशका कारण शिर्ष नेतृत्वबीच गम्भीर मतभेद भएपछि बैठक प्रभावित बनेको थियो ।

अध्यक्ष प्रचण्डसहितका वरिष्ठ नेताहरुले अध्यादेश विनाशर्त फिर्ता हुनुपर्ने माग राखेका थिए । अध्यक्ष एवं प्रधानमन्त्री ओलीले भने प्रचण्डले यसअघि सचिवालयमा पेश गरेको राजनीतिक प्रस्ताव फिर्ता गर्नुपर्ने माग गरेको थिए ।

त्यहीबीचमा ९४ जनाको हस्ताक्षरसहित नेकपाकै सांसदहरु संसदको विशेष अधिवेशनको माग गर्दै राष्ट्रपति कार्यालय पुगेपछि प्रधानमन्त्री ओली दबाबमा परेका थिए ।

त्यसपछि मध्यमार्गी नेताहरुको प्रयासका बीच अध्यक्षद्वयबीच भएको पटकपटकको छलफलपछि ओलीले अध्यादेश फिर्ता लिन सहमत भएसँगै स्थायी कमिटी बैठक सुरु भएको छ ।
बैठकमा ओली पनि उपस्थित भएका छन् ।

प्रकाशित मिति : १ पुस २०७७, बुधबार  ४ : ४४ बजे

एमाले ११ औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतदान सुरु

काठमाडौं । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व

एमाले ११ औँ महाधिवेशन : मतदानका लागि प्रतिनिधि लाइनमा

काठमाडौं । नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व

पश्चिम तराईमा हुस्सु-कुहिरो, धनगढी-नेपालगञ्ज-भैरहवामा हवाई सेवा प्रभावित

काठमाडौं । पश्चिम तराईका विभिन्न जिल्लामा हुस्सु-कुहिरो लागेको छ, जसका

माथिल्लो मुस्ताङको घरदैलोमा स्वास्थ्य शिविर

मुस्ताङ । माथिल्लो मुस्ताङको सीमावर्ती गाउँको घरदैलोमै स्वास्थ्य शिविर सञ्चालन

खानेपानीको सङ्कट झेल्दै चुरेफेदका मेनहर्वावासी

सिरहा । लहान नगरपालिका-१५ स्थित मेनहर्वा बस्तीका स्थानीय लामो समयदेखि