७ चैत्र २०८२, शनिबार | March 22, 2026

विवादास्पद अध्यादेश फिर्ता लिन ओली सहमत, स्थायी कमिटी बैठक सुरु



काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक बल्ल सुरु भएको छ ।

दिउँसो १ बजे बस्ने भनिएको बैठक ३ घण्टा ढिलो सुरु भएको हो ।

सरकारले मंगलबार जारी गरेको संवैधानिक परिषदसम्बन्धी अध्यादेशका कारण शिर्ष नेतृत्वबीच गम्भीर मतभेद भएपछि बैठक प्रभावित बनेको थियो ।

अध्यक्ष प्रचण्डसहितका वरिष्ठ नेताहरुले अध्यादेश विनाशर्त फिर्ता हुनुपर्ने माग राखेका थिए । अध्यक्ष एवं प्रधानमन्त्री ओलीले भने प्रचण्डले यसअघि सचिवालयमा पेश गरेको राजनीतिक प्रस्ताव फिर्ता गर्नुपर्ने माग गरेको थिए ।

त्यहीबीचमा ९४ जनाको हस्ताक्षरसहित नेकपाकै सांसदहरु संसदको विशेष अधिवेशनको माग गर्दै राष्ट्रपति कार्यालय पुगेपछि प्रधानमन्त्री ओली दबाबमा परेका थिए ।

त्यसपछि मध्यमार्गी नेताहरुको प्रयासका बीच अध्यक्षद्वयबीच भएको पटकपटकको छलफलपछि ओलीले अध्यादेश फिर्ता लिन सहमत भएसँगै स्थायी कमिटी बैठक सुरु भएको छ ।
बैठकमा ओली पनि उपस्थित भएका छन् ।

प्रकाशित मिति : १ पुस २०७७, बुधबार  ४ : ४४ बजे

यसअघि छुटेका चार जिल्लाका बालबालिकालाई ‘एचपिभी’ खोप लगाइने

काठमाडौँ । सरकारले यही चैत दोस्रो सातादेखि देशका चार जिल्लामा

पाल्पामा टिपर दुर्घटना हुँदा ३ जनाको मृत्यु

पाल्पा । पाल्पामा शनिबार साँझ भएको टिपर दुर्घटनामा तीनजनाको मृत्यु

उज्यालो नेपाल पार्टीद्वारा प्रधानमन्त्री कार्कीलाई धन्यवाद

काठमाडौँ । उज्यालो नेपाल पार्टीले प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा मुलुक

प्रतिकिलो रु १० मा पनि बिक्दैन आलु

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकका पाँचखाल, मण्डनदेपुर, नाला तथा पनौती क्षेत्रमा हाल

सुरक्षा लापरबाही गर्ने खक्रौलास्थित सशस्त्रका गुल्मपतिसहित सबै कर्मचारी मुख्यालय तानिए

काठमाडौँ । कैलालीको खक्रौलास्थित सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा