२ माघ २०८१, बुधबार | January 15, 2025

‘एनआरएन घुम्ती रगत बस परियोजना’ अन्तर्गत पहिलो मोवाइल ब्लड बस शुक्रबार हस्तान्तरण हुने



काठमाडौं । गैरआवासीय नेपाली संघले आगामी शुक्रबार (पौष ३ ) गते ‘एनआरएनए घुम्ती रगत बस’ हस्तान्तरण गर्नेभएको छ ।

गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तको नेतृत्व तथा सचिव गौरी राज जोशीको संयोजकत्वमा  पहलमा सुरु गरिएको यो परियोजना हस्तान्तरण गर्न लागिएको हो ।

नेपाल रेडक्रस सोसाइटी चितवनसँग सहकार्य गरी प्रतिकुल समयमा पनि रगत संकलन गर्नका लागि यो परियोजना सुरु गरिएको संयोजक जोशी बताउँछन् । यसले विषम परिस्थितिमा पनि रगतको अभाव हुन नदिई संकलन तथा भण्डारण तथा व्यवस्थापनलाई गुणस्तरीय र सर्व सुलभ बनाउन मदत गर्ने विश्वास लिइएको छ ।

यस परियोजनाको लागि स्वास्थ्य सामाग्री सहितको सुविधा सम्पन्न बस व्यवस्थापनको सम्झौता भएको थियो ।यस परियोजनाको लागि करिब ७६ लाख नेपाली रुपैयाँ संकलन भएकोमा   करिब ६१ लाख खर्च हुने भएको छ ।

नेपाल रेडक्रस सोसाईटी चितवन जिल्ला शाखा अन्तर्गत क्षेत्रीय रक्तसंचार सेवा चितवनले स्थापनाकालदेखि नै बिरामीहरुलाई सेवा पुर्‍याउँदै आएको र विरामीहरुलाई रगत व्यवस्थापनमा अहम् भूमिका निर्वाह गरेकोले पनि एनआरएनले सहकार्य अघि बढाएको हो ।

विशेषगरी थालासेमिया, हेमोफिलिया, मिर्गौला रोगी, मुटुसम्बन्धी रोगी र अन्य अत्यावश्यक र आकस्मिक रुपमा रगत चाहिनेहरुका लागि यस परियोजनाले राहत प्रदान गर्ने विश्वास लिइएको छ । “नेपालीका लागि नेपाली” भन्ने भावनालाई आत्मसात गर्दै गैरआवासीय नेपाली संघले रक्तसञ्चार पद्धति कार्यदल स्थापना गरेको थियो ।

यस कार्यदलले नेपालमा रगत सेवालाई गुणस्तरीय र सर्व सुलभ बनाउनको लागि रक्तसञ्चार क्षेत्रमा विभिन्न कार्यक्रम तथा परियोजनाहरु सञ्चालन गर्दै आएको छ ।  गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तको नेतृत्व तथा सचिव गौरी राज जोशीको संयोजकत्वमा रहेको यस परियोजनामा करिब ४०० जना भन्दा बढी गैरआवासीय नेपालीहरुले सहयोग गरेका छन् ।

एनआरएनको घुम्ती रगत बस सामाजिक दुरी कायम हुने गरी निर्माण भएको छ ।

प्रकाशित मिति : १ पुस २०७७, बुधबार  ७ : ४६ बजे

सबै प्रदेशमा आपत्कालीन गोदामघर हस्तान्तणको तयारी छ : गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले मुलुकमा विगतको तुलनामा विपद् प्रतिकार्यमा

इन्टलेक्च्युअल स्कुलमा खेल सप्ताह शुरू

बुटवल । बुटवल ११ कालिकानगर भुवनसिङमार्गमा रहेको इन्टलेक्च्युअल स्कुलमा बुधबारदेखी

रवि लामिछानेले बुझाए प्रभु बैंककाे ‘बैंक ग्यारेन्टी’, केही बेरमा रिहा हुदैँ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले धरौटीबापतको रकम बुझाएका

भूमिसबन्धी अध्यादेशमा बालेन शाहको व्यंग्य

काठमाडौं । सरकारले भूमिसबन्धी अध्यादेश लागु गरे पछि क्रिया प्रतिक्रिया

यस्ता छन् अध्यादेशमार्फत ल्याइएका नयाँ व्यवस्था

काठमाडौं । सरकारद्वारा जारी अध्यादेशले लगानी सहजीकरण, आर्थिक व्यवस्थापन र