१५ श्रावण २०८३, शुक्रबार | July 31, 2026

बीबीसी मास्टर सेफको टप ३ मा पुगे नेपाली सेफ सन्तोष साह



काठमाडौं । सिरहामा जन्मिएका सन्तोष शाह बीबीसी मास्टर सेफको टप ३ मा पुगेका छन् ।

ब्रिटेनमा बसोबास गर्ने सेफ सन्तोष बीबीसीबाट प्रसारण हुने विश्वकै प्रतिष्ठित हस्पिटालिटी क्षेत्रको टिभी रियालिटी सो ‘मास्टर सेफ प्रोफेशनल यूके प्रतियोगिता २०२०’ को १६ औं संस्करणको मास्टर सेफको टप ३ भित्र परेका हुन् ।

आमाले सानोमा आफूलाई खुवाउने गरेको खाजा पस्किएर उनले मास्टर सेफमा यो स्थानसम्म पुगेका हुन् । बुधबार बेलुका बिबिसी वानमा प्रसारण भएको बिबिसी मास्टर सेफ प्रोफेसनल २०२० मा सन्तोषले उत्कृष्ट ३ सेफको स्थानमा आफूलाई पुर्याएका हुन् ।

भादगाउँले टोपी लगाएर बिबिसी मास्टर सेफको प्रतियोगितामा आएका सन्तोषले आफ्नो सबैभन्दा प्रिय व्यक्तिलाई समर्पित गरेर खाना बनाउनु पर्ने राउन्डमा आमालाई सम्झिए ।

सन्तोषले यो प्रतियोगितामा पुरी, गँगटाको तरकारी, भुटेको चिउरा, भुटेको खुर्सानी, खिरलगायतका परिकार तयार पारेका थिए ।

अब यो प्रतियोगिताको फाइनल बिहीबार हुँदैछ । यो प्रतियोगिताका प्रत्येक चरणमा सन्तोषले नेपाली परिकार बनाएका छन् ।
उक्त प्रतियोगिता बीबीसीले गरेको हुनाले जित्नेले यति पुरस्कार पाउने भनेर तोकिएको हुँदैन ।

प्रकाशित मिति : २ पुस २०७७, बिहिबार  ८ : ०७ बजे

राष्ट्रपति पौडेलद्वारा प्रथमराष्ट्रपति यादव र उपराष्ट्रपति झासँग छलफल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको देवानगन्ज गाउँपालिकाको कप्तानगन्जसहित तराई(मधेसका

तराई-मधेशका हिंसात्मक घटनामा उच्चस्तरीय छानबिन आयोग गठन गर्न नेकपाको माग

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले सुनसरी, सिरहालगायत तराई-मधेशका विभिन्न

भैरहवाबाट ठुलो परिमाणको भारतीय नक्कली नोट सहित २ जना पक्राउ

बुटवल । रुपन्देहीको भैरहवाबाट ठुलो परिणाममा नक्कली भारतीय नोट सहित

वीरगन्जमा सद्भाव र्‍याली

वीरगन्ज । सामाजिक सद्भाव कायम गर्न वीरगन्जमा सर्वदलीय, सर्वपक्षीय सद्भाव

सामाजिक एकता र सद्भाव कायम राख्न राष्ट्रियसभा अध्यक्ष दाहालको आग्रह

काठमाडौं । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले सुनसरीको देवानगञ्ज गाउँपालिकालगायत पूर्वी