१६ चैत्र २०८०, शुक्रबार | March 29, 2024

बीबीसी मास्टर सेफको टप ३ मा पुगे नेपाली सेफ सन्तोष साह



काठमाडौं । सिरहामा जन्मिएका सन्तोष शाह बीबीसी मास्टर सेफको टप ३ मा पुगेका छन् ।

ब्रिटेनमा बसोबास गर्ने सेफ सन्तोष बीबीसीबाट प्रसारण हुने विश्वकै प्रतिष्ठित हस्पिटालिटी क्षेत्रको टिभी रियालिटी सो ‘मास्टर सेफ प्रोफेशनल यूके प्रतियोगिता २०२०’ को १६ औं संस्करणको मास्टर सेफको टप ३ भित्र परेका हुन् ।

आमाले सानोमा आफूलाई खुवाउने गरेको खाजा पस्किएर उनले मास्टर सेफमा यो स्थानसम्म पुगेका हुन् । बुधबार बेलुका बिबिसी वानमा प्रसारण भएको बिबिसी मास्टर सेफ प्रोफेसनल २०२० मा सन्तोषले उत्कृष्ट ३ सेफको स्थानमा आफूलाई पुर्याएका हुन् ।

भादगाउँले टोपी लगाएर बिबिसी मास्टर सेफको प्रतियोगितामा आएका सन्तोषले आफ्नो सबैभन्दा प्रिय व्यक्तिलाई समर्पित गरेर खाना बनाउनु पर्ने राउन्डमा आमालाई सम्झिए ।

सन्तोषले यो प्रतियोगितामा पुरी, गँगटाको तरकारी, भुटेको चिउरा, भुटेको खुर्सानी, खिरलगायतका परिकार तयार पारेका थिए ।

अब यो प्रतियोगिताको फाइनल बिहीबार हुँदैछ । यो प्रतियोगिताका प्रत्येक चरणमा सन्तोषले नेपाली परिकार बनाएका छन् ।
उक्त प्रतियोगिता बीबीसीले गरेको हुनाले जित्नेले यति पुरस्कार पाउने भनेर तोकिएको हुँदैन ।

प्रकाशित मिति : २ पुस २०७७, बिहिबार  ८ : ०७ बजे

बुटवल उपमहानगरमा ज्येष्ठ नागरिक र फरक क्षमता भएका व्यक्तिको घरदैलोमा पुगेर स्वास्थ्य परीक्षण

बुटवल । बुटवल उपमहानगरपालिकामा ज्येष्ठ नागरिक र फरक क्षमता भएका

एन आई सी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

काठमाडौ । एन आई सी एशिया बैंकले कोशी प्रदेशमा आयोजना

कांग्रेस सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा

काठमाडौं। नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ

सुदूरपश्चिम सरकार छोड्न नाउपा अध्यक्ष रञ्जिताको लिखित निर्देशन

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)की अध्यक्ष रञ्जिता श्रेष्ठले सुदूरपश्चिम

लोकेश बमको शतकका बाबजुद आयरल्याण्ड वोल्भ्ससँग नेपाल पराजित

काठमाडौं। आयरल्याण्ड वोल्भ्सले नेपाल ए लाई पराजित गरेको छ ।