५ श्रावण २०८३, मंगलबार | July 21, 2026

वन व्यवस्थापनको नाममा भ्रष्टाचार गर्नेलाई कारवाही गर्न लेखा समितिको निर्देशन



काठमाडौं । प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले वैज्ञानिक वन व्यवस्थापनको नाममा भ्रष्टाचार गर्ने वन अधिकृतहरुलाई कारवाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पत्राचार गर्ने निर्णय गरेको छ ।

बिहीबार बसेको समितिको बैठकले विभिनन पदमा रहेका वन कर्मचारीलाई कारवाही गर्न अख्तियारलाई पत्राचार गर्ने निर्णय गरेको हो । यसैगरी संरक्षित क्षेत्रमा लागु भएको वैज्ञानिक वन व्यवस्थापन कार्यविधि समेत खारेज गर्ने निर्णय गरेको छ । सार्वजनिक लेखा समितिले वैज्ञानिक वन व्यवस्थापन कार्यक्रममा आर्थिक अनियमितता र भ्रष्टाचार भएको उजुरी परेपछि एक उपसमिति नै बनाएर स्थलगत अध्ययन गरेको थियो ।

उपसमितिको अध्ययनले वैज्ञानिक वन व्यवस्थापनको नाममा वन कर्मचारी वन उपभोक्ता समूहले काठ तस्करसँग मिलेर रुख कटान तथा विक्रि वितरण गरेको भन्दै कारवाही सिफरिस गरेको थियो । बैठक पछि निर्णय सुनाएँदै समिति सचिव डा. रोजनाथ पाण्डेले प्रतिवेदनमा दोषि किटान भएका पदाधिकारीहरुलाई करवाही गर्न सिफारिस गरिएको बताए ।

बैठकले काटिएका रुखलाई (इविडिङ) अनलाईन बोलपत्र आह्वान गरी विक्रि वितरण गर्न पनि निर्देशन दिएको छ । अहिले वन क्षेत्रमा काटिएका करिब ६० लाख क्यूफिट काठ रहेको छ । यस्तै बैठकले वैज्ञानिक वन व्यवस्थापन सम्बन्धि कार्यविधि कुनै पनि ऐनमा रहेर नबनेकाले वन ऐन अनुसार सुधार र पूर्नमुल्यांकन गर्न पनि निर्देशन दिएको सचिव पाण्डेले बताए ।

समितिले सांसद प्रदिव यादवको संयोजकत्वमा उपसमिति बनाई सिन्धुली, सर्लाही, रौतहट, बारा, पर्सा, नवलपरासी र कपिलवस्तु लगायतका जिल्लाका वनको स्थलगत अध्ययन गरेको थियो ।

प्रकाशित मिति : २ पुस २०७७, बिहिबार  ३ : ४८ बजे

विश्वकप लिग-२ मा नेपालले आज नामिबियासँग प्रतिस्पर्धा गर्दै

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा

संसदीय सुनुवाइ समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौं । सङ्घीय संसद्, संसदीय सुनुवाइ समितिको बैठक आज बिहान

केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव छ । जल

प्रहरीबाट “लागू औषध मुक्त खजुरा अभियान” संचालन

खजुरा । पछिल्लो समय लागू औषधको मुख्य बजार बन्दै गएको

पूँजीगत खर्चको निराशा र राजस्व सङ्कलनको कमजोरी सच्याउन सचिवहरूलाई अर्थमन्त्रीको निर्देशन

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले शतप्रतिशत पूँजीगत खर्च र