२८ चैत्र २०८२, शनिबार | April 11, 2026

संवैधानिक परिषद् बैठक स्थगित



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषदको बैठक स्थगित गरेका छन् ।

ओलीले परिषद बैठक बोलाएपछि नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बालुवाटार पुगरे ओलीसँग भेट गरेका थिए । प्रचण्डले बैठकप्रति आपत्ति जनाउँदै स्थगित गर्न माग गरेका थिए ।

प्रचण्डसँगको भेटपछि ओलीले ५ बजेका लागि बोलाइएको बैठक स्थगित गरेका छन् ।

हिजो बुधबार बसेको पार्टी स्थायी कमिटी बैठकले परिषदसम्बन्धी अध्यादेश फिर्ता लिने निर्णय गरेको थियो । सो निर्णयमा ओलीले समेत समर्थन जनाएका थिए । शीर्ष नेताहरुसँग ओलीले अध्यादेश फिर्ता गर्ने र संवैधानिक आयोगहरुमा सहमतिका आधारमा नियुक्ति गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । तर आज अचानक अध्यादेशकै आधारमा बैठक बस्ने भनेर सदस्यहरुलाई सूचित गरेपछि नेकपाका नेताहरुमा हल्लिखल्ली मच्चिएको थियो ।

आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले अनुपस्थित हुने जानकारी गराइसकेका थिए ।

आजको बैठकमा प्रधानन्यायाधीस चोलेन्द्र शमशेर जबराको उपस्थिति समेत नहुने देखिएको थियो । सर्वोच्च अदालतमा संवैधानिक परिषदसम्बन्धी अध्यादेश विरुद्ध रिट निवेदन दर्ता भएपछि प्रधानन्यायाधीस जबरा बैठकमा उपस्थित हुन सक्ने अवस्था थिए ।

सभामुख अग्निप्रसाद सापकोटा पनि बैठकमा उपस्थित हुने न्यून सम्भावना थियो । बाँकी अध्यक्ष प्रधानमन्त्री र राष्ट्रियसभा अध्यक्षको उपस्थितिले अध्यादेशअनुसार पनि कोराम पुग्न सम्भव हुँदैनथ्यो ।

प्रकाशित मिति : २ पुस २०७७, बिहिबार  ४ : ५३ बजे

उपसभामुख ठाकुरद्वारा पद तथा गोपनियताको शपथ

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा सभामुख डोलप्रसाद अर्यालबाट नवनिर्वाचित

नवनियुक्त मन्त्रीद्वय यादवले लिए शपथ

काठमाडौं । नवनियुक्त दुई मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका

भक्तपुरमा बिस्का: जात्रा सुरु

भक्तपुर । भक्तपुरमा नौ दिन आठ रातसम्म मनाइने प्रसिद्ध बिस्का:

संघीय संसद्को चालु अधिवेशन मध्यरातिदेखि अन्त्य

काठमाडौं । संघीय संसद्को चालु अधिवेशन शुक्रबार मध्यराति १२ बजेदेखि