२ चैत्र २०८२, सोमबार | March 17, 2026

सोलुखुम्बुको पासाङल्हामु गाउँपालिकामा प्याराग्लाइडिङको परीक्षण उडान सफल



सोलुखुम्बु । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका १ खार्चेमा प्याराग्लाइडिङको सफल परीक्षण उडान भएको छ ।
विहिबार अपराह्न १२ः१० बजे दुई हजार ६ सय मिटर अग्लो खार्चेबाट उडान शुरु गरी ३० मिनेटपछि सोही वडाको छेउघरमा अवतरण गरिएको स्थानीयवासी पासाङकाजी शेर्पाले जानकारी दिए ।

प्याराग्लाइडिङ पाइलट पेम्बावाङ्छु शेर्पाले आफ्नै गाउँको आकाशमा उडाउन पाउँदा खुशी लागेको बताए ।नेपालका विभिन्न क्षेत्रमा प्याराग्लाइडिङको उडान भर्दै आउनुभएका शेर्पाले सोलुखुम्बुका खरीखोला, वाकु र वाप्सा क्षेत्रमा यसका लागि उपयुक्त क्षेत्र रहेको बताए ।

आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनका लागि व्यावसायिकरुपमा प्याराग्लाइडिङ सञ्चालनको तयारी भइरहेको वडाध्यक्ष ङिमादोर्जी शेर्पाले बताए ।

सगरमाथा क्षेत्र लुक्ला नाम्चे जानका लागि सडक मार्गको नजीक पर्ने उक्त क्षेत्रमा पर्यटकका लागि प्याराग्लाइडिङ उपयुक्त हुने वडाध्यक्ष शेर्पाको भनाइ थियो । अब यसलाई नियमितरुपमा व्यावसायिक ढङ्गले सञ्चालनको तयारी भइरहेको र यसले पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण टेवा पुग्ने उहाँले बताउनुभयो ।

प्रकाशित मिति : २ पुस २०७७, बिहिबार  ९ : ४९ बजे

स्थानीयबीच कुटाकुट हुँदा एक जनाको मृत्यु

बाजुरा । यहाँको स्वामीकार्तिक खापर गाउँपालिका– २ मा स्थानीयबीच कुटाकुट

काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा हुरीबतास, चट्याङ र वर्षा

काठमाडौँ । मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित आज देशका धेरै ठाउँमा

छोराछोरीसहित बेपत्ता महिलाको शव भेटियो, छोराछोरी अझै बेपत्ता

सुर्खेत । आइतबार बिहानदेखि भेरी नदीमा छोराछोरीसहित बेपत्ता भएकी गुर्भाकोट

गैरकानुनी कार्य गर्ने १४ औषधि पसल विरुद्ध मुद्दा दर्ता

नेपालगन्ज । औषधि व्यवस्था विभागको शाखा कार्यालय नेपालगन्जले ४४१ वटा

नेपालको विकास र समृद्धिमा सक्रिय रूपमा सहभागी हुन गैरआवासीय नेपालीलाई प्रधानमन्त्रीको आह्वान

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले वैदेशिक लगानीलाई उत्पादनमूलक क्षेत्रमा आकर्षित