२० बैशाख २०८३, आइतबार | May 3, 2026

पोखराको मान्द्रेढुङ्गाबाट माघ १ देखि प्याराग्लाइडिङको व्यावसायिक उडान



पोखरा । पोखराको मान्द्रेढुङ्गाबाट आगामी माघ १ देखि प्याराग्लाइडिङको व्यावसायिक उडान हुनेभएको छ । यही पुस १७ देखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन भएसँगै प्याराग्लाइडिङको उडान मान्द्रेढुङ्गाबाट हुनेभएको हो ।

पोखरा महानगर(२४ मा पर्ने मान्द्रेढुङ्गाबाट अहिले प्याराग्लाइडिङको परीक्षण उडान भइरहेको छ । विमानस्थल सञ्चालन आएपछि नेपाल नागरिक उडड्यन प्राधिकरणले सराङकोट, तोरिपानी र तामागी क्षेत्रमा प्याराग्लाइडिङ उडानमा रोक लगाएको थियो । मान्द्रेढुङ्गा सराङकोटबाट करिब पाँच किलोमिटर पश्चिममा पर्छ ।

प्याराग्लाइडिङ साहसिक गतिविधिमा रुचि राख्ने आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्दै आएको छ । प्राधिकरणले सराङकोटलगायतका स्थानबाट प्याराग्लाइडिङमा रोक लगाएपछि विकल्पमा मान्द्रेढुङ्गाबाट उडानको तयारी गरिएको नेपाल हवाई खेलकुद संस्थाका अध्यक्ष सुनिल भट्टराईले जानकारी दिए ।

“तालिका मिलाएर सराङ्कोटबाट उडान गर्न प्रयास गरेका थियौ”, उनले भने, “उक्त स्थानबाट सम्भव नभएपछि हवाई सुरक्षाका कारण नमिल्ने निष्र्कषसहित मान्द्रेढुङ्गाबाट उडान तयारी गरेका छौँ, प्राविधिक टोली र प्यारापाइलटको परीक्षण उडान भइरहेको छ ।”

यसअघि सराङकोटको एक हजार चार सय ५० मिटर उचाइबाट करिब सात हजार फिटको क्यापमा प्याराग्लाइडिङ उडान भइरहेकोमा मान्द्रेढुङ्ङगाबाट भने एक हजार सात सय ४० मिटर उचाइबाट छ हजार फिट क्यापमा उडान हुनेछ । यसअघि पनि मान्द्रेढुङ्गाबाट उडान भए पनि व्यावसायिक उडान नभएको भट्टराईले बताए ।

मान्द्रेढुङ्गाबाट हुने उडान पामेमा अवतरण हुनेछ । अहिले परीक्षणका क्रममा पनि पामे फाँटमा अवतरण भइरहेको उहाँले जानकारी दिए । मान्द्रेढुङ्गाबाट व्यावसायिक उडानअघि प्यारापाइलट र प्याराग्लाइडिङ व्यवसायीलाई सुरक्षा र अन्य आधारभूत विषयमा एकदिने प्रशिक्षण गोष्ठी सञ्चालन गरिसकेको छ ।

करिब एक दशकदेखि व्यावसायिक उडान गर्दै आउनुभएका प्यारापाइलट माधव तिवारीले नयाँ ठाउँमा सिधैँ उडान गर्र्दा हावाको वहावको दिशा, उडान सहजता र सुरक्षा अवस्था परीक्षण उडानबाट जानकारी लिइरहेको बताए ।

“व्यावसायिक उडानका लागि यो नयाँ ठाउँ हो, हामीले वर्षौँदेखि उडान गर्दै आए पनि नयाँ ठाउँको अवस्थाबारे अध्ययन जरुरी हुन्छ”, उनले भने, “अहिले उडान परीक्षणमा हामी जुटिरहेका छौँ, अहिले प्यारापाइलटनै राखेर टेण्डम उडान भइरहेको छ ।”

उनले उक्त स्थानबाट पनि पोखरा र आसपासका सुन्दर हिमशृङ्खला, तालतलैया र प्राकृतिक सुन्दरतालाई अवलोकन गर्न सकिने भएकाले साहसिक खेलप्रेमीका लागि निकट भविष्यमै मान्द्रढुङ्गा उत्कृष्ट गन्तव्य हुनेमा आशावादी रहेको बताए ।

नेपाल हवाई खेलकुद संस्थाका निर्वतमान अध्यक्ष कृष्ण भण्डारीले साविकको स्थानबाट नयाँ स्थानमा आवातजावातमा केही समय बढी लागे पनि मान्द्रेढङ्ङ्गा प्याराग्लाइडिङका उत्कृष्ट सुरक्षित र भरपर्दो हुने विश्वास व्यक्त गरे ।

“मान्द्रेढुङ्गा नयाँ ठाउँमा पूर्वाधार विकासका लागि तत्काल व्यवसायीले केही लगानी गर्नुपर्ने छ”, उनले भने, “झनै अग्लो उचाइबाट उडान गर्न पाइने र सुन्दर दृश्यवलोकन गर्न पाइने भएकाले उत्कृष्ट हुनेछ ।”

हाल पोखरामा करिब ६० वटा प्याराग्लाइडिङ कम्पनी छन् भने ५० वटा अहिले सञ्चालनमा छन् । त्यसैगरी तीन सय ७६ जनाले प्यारापाइलटले उडान अनुमति लिएका छन् भने व्यावसायिक रुपमा दुई सय ५० जनाले उडान गरिरहेका छन् । पोखराको प्याराग्लाइडिङमा रू एक अर्ब बराबरको लगानी रहेको बताइएको छ ।

प्रकाशित मिति : २४ पुस २०७९, आइतबार  ४ : २४ बजे

राष्ट्रपतिले पुनर्विचारका लागि फिर्ता पठाए संवैधानिक परिषद् अध्यादेश

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश सरकारलाई फिर्ता

स्याफ्रुबेँसी-रसुवागढी सडक तीव्रगतिमा स्तरोन्नति गरिँदै

रसुवा । गल्छी-त्रिशूली-मैलुङ-स्याफ्रुबेँसी-रसुवागढी राजमार्गअन्तर्गत स्याफ्रु रसुवागढी खण्डमा तीव्रगतिमा स्तरोन्नति भइरहेको

सरकारले उद्योगी-व्यवसायीलाई दुःख दिँदैन : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले उद्योगी–व्यवसायीलाई

सिद्धबाबा मन्दिर विकास समितिको अध्यक्षमा अरविन्द पाण्डेय चयन

बुटवल । सिद्धबाबा मन्दिर विकास समिति तिनाउ-३, दोभान पाल्पाको अध्यक्षमा

सुकुम्बासी बस्ती हटाउने कदमप्रति दयाहाङ राईको असन्तुष्टि

काठमाडौं । सुकुम्बासी बस्ती हटाउने सरकारी कदमप्रति जनआक्रोश बढ्दै गएको