१६ चैत्र २०८०, शुक्रबार | March 29, 2024

बालविवाह गराउने दुई अभिभावक र विवाहमा संलग्न हुने केटाकेटी पक्राउ



उदयपुर । उदयपुरमा बालविवाह गराउने दुई अभिभावक र विवाहमा संलग्न हुने केटाकेटीलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान शुरु गरेको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार पक्राउ परेका बालविवाह गराउने अभिभावक त्रियुगा नगरपालिका-३ भुल्केका पुष्प कोइराला, ताप्ली गाउँपालिका-५ का राधा खड्का र बेहुला आश्विन कोइराला र बेहुली गोमा खड्का रहेका छन् ।

गत मङ्सिर १९ गते अभिभावकले नै जिल्लाको कटारी बजारमा लुकीछिपी विवाह गराएपछि प्रहरीमा निवेदन परेका कारण बिहीबार अभिावकसहित चार जनालाई पक्राउ गरेर अनुसन्धान शुरु गरिएको प्रहरी प्रमुख दाहालले बताए ।

राधा खड्काकी छोरी १६ वर्षीया गोमा खड्का र पुष्प कोइरालाका छोरा २३ वर्षीय आश्विन कोइरालाबीच अभिभावकको उपस्थितिमा लुकीछिपी विवाह भएको प्रहरीले बताएको छ ।

त्यसैगरी भागेर मन्दिरमा गई आफैँले सिन्दुर पोते गरेर बालविवाह गर्ने एक जोडीलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान शुरु गरेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार भागेर आफूखुशी बालविवाह गर्ने जोडी उदयपुर जिल्लाको त्रियुगा नगरपालिका-१६ सुकौराकी १६ वर्षीया खेली कार्की र अर्का उदयपुर गढी गाउँपालिका-६ भुमरेको १८ वर्षीय दुर्गाबहादुर खड्का रहेका छन् ।

दुवै जोडीले गत मङ्सिर २८ मा गाउँकै एक मन्दिरमा गएर विवाह गरेपछि उदयपुर गढीको वडा नं ६ स्थित नेपालटार बजारमा बेहुलाका दिदी सुनिता फुँयालको घरमा लुकीछिपी बस्दै आएका थिए ।

पक्राउ परेका बालविवाहका जोडीलाई प्रहरीले अनुसन्धान शुरु गरेको प्रहरीले बताएको छ । रासस

प्रकाशित मिति : ३ पुस २०७७, शुक्रबार  १० : ३४ बजे

पाल्पा ख्याहाकी १९ वर्षीया पद्मा सुनारको हत्या गर्ने सार्वजनिक

तानसेन । पाल्पाको रिब्दिकोट गाउँपालिका १ ख्याहाकी १९ वर्षीया पद्मा

कपनबाट पेस्तोलसहित एकजना पक्राउ

काठमाडौं । नेपाल प्रहरीले कपन क्षेत्रबाट पेस्तोलसहित एकजनालाई पक्राउ गरेको

भारतमा ट्याक्सी दुर्घटना हुँदा दशको मृत्यु

भारत । भारतको जम्मु र श्रीनगर राष्ट्रिय राजमार्गमा पर्ने गहिरो

राष्ट्रपति पौडेलद्वारा अनुगमन तथा मुल्यांकन विधेयक प्रमाणीकरण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले अनुगमन तथा मुल्यांकन गर्न बनेको

आयरल्याण्ड वोल्भ्सले नेपाल ‘ए’ लाई दियो २२३ रनको लक्ष्य

काठमाडौं । आयरल्याण्ड वोल्भ्सले नेपाल ‘ए’ लाई २२३ रनको लक्ष्य