१५ बैशाख २०८१, शनिबार | April 27, 2024

अध्यादेश फिर्ता लिन र तत्काल संसद अधिवेशन बोलाउन काँग्रेसको माग



काठमाडौं । प्रमुख विपक्षी दल नेपाली काँग्रेसले संसद अधिवेशन तत्काल बोलाउन माग गरेको छ ।

काँग्रेस संसदीय दल कार्यसमितिको शुक्रबार बसेको बैठकले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता लिन र तत्काल संसद अधिवेशन बोलाउन माग गरेको हो ।

बैठकले सरकार सर्वसत्तावादतर्फ उन्मुख भएको निस्कर्ष निकालेको छ । बैठकपछि संचाकर्मीसँग कुरा गर्दै काँग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँडले भने ‘आफ्नो असफलतालाई ढाकछोप गर्न निरंकुश बन्ने र सर्वसत्तावादी सोचलाई अगाडि बढाउन नै यो अध्यादेश ल्याएको हो ।’ सर्वसत्तावादी शैलीले संविधानमाथि खेलबाड नगर्न काँग्रेसले सरकारलाई सचेत गराएको छ ।

बैठकले संविधानको मर्म र भावना विपरितको अध्यादेश तत्काल फिर्ता लिन माग गरेको छ।

बैठकले सरकार कोरोना भाइरसको महामारी व्यवस्थापन गर्न पूर्ण रुपमा असफल भएको निस्कर्ष पनि निकालेको छ ।

प्रकाशित मिति : ३ पुस २०७७, शुक्रबार  १ : ३१ बजे

शान्तिपूर्ण रूपमा इलाम-२ मा मतदान सुरु

इलाम । इलाम क्षेत्र-२ मा मतदान सुरु भएको छ ।

नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको टी-२० सिरिजको पहिलो खेल आज

काठमाडौं । नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको टी-२० सिरिजको

आज इलाम र बझाङमा उपनिर्वाचन

काठमाडौं । आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ । इलाम-२

कस्तो छ आजको मौसम ?

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं । निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको