१५ असार २०८३, सोमबार | June 29, 2026

अध्यादेश फिर्ता लिन र तत्काल संसद अधिवेशन बोलाउन काँग्रेसको माग



काठमाडौं । प्रमुख विपक्षी दल नेपाली काँग्रेसले संसद अधिवेशन तत्काल बोलाउन माग गरेको छ ।

काँग्रेस संसदीय दल कार्यसमितिको शुक्रबार बसेको बैठकले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता लिन र तत्काल संसद अधिवेशन बोलाउन माग गरेको हो ।

बैठकले सरकार सर्वसत्तावादतर्फ उन्मुख भएको निस्कर्ष निकालेको छ । बैठकपछि संचाकर्मीसँग कुरा गर्दै काँग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँडले भने ‘आफ्नो असफलतालाई ढाकछोप गर्न निरंकुश बन्ने र सर्वसत्तावादी सोचलाई अगाडि बढाउन नै यो अध्यादेश ल्याएको हो ।’ सर्वसत्तावादी शैलीले संविधानमाथि खेलबाड नगर्न काँग्रेसले सरकारलाई सचेत गराएको छ ।

बैठकले संविधानको मर्म र भावना विपरितको अध्यादेश तत्काल फिर्ता लिन माग गरेको छ।

बैठकले सरकार कोरोना भाइरसको महामारी व्यवस्थापन गर्न पूर्ण रुपमा असफल भएको निस्कर्ष पनि निकालेको छ ।

प्रकाशित मिति : ३ पुस २०७७, शुक्रबार  १ : ३१ बजे

बाहुनडाँगीमा हात्तीको बथान गाउँ पस्यो

झापा । असारको मध्य महिना किसानका लागि वर्षभरि खाने अन्नबाली

आज असार १५ : राष्ट्रिय धान दिवस, दही-चिउरा खाएर मनाइँदै

काठमाडौं । प्रत्येक वर्ष असार १५ गते मनाइने राष्ट्रिय धान

विश्वकप फुटबलः क्यानडाद्वारा दक्षिण अफ्रिका पराजित

काठमाडौं । दक्षिण अफ्रिकालाई हराउँदै क्यानडा फिफा विश्वकप फुटबल २०२६

मनसुनी वायुको प्रभाव कायमै, देशका धेरै स्थानमा वर्षा र केही क्षेत्रमा भारी वर्षाको सम्भावना

काठमाडौं । देशका विभिन्न भू-भागमा मनसुनी वायुको प्रभाव कायम रहँदा

असारे रोपाइँ महोत्सवले आकर्षित गर्यो विदेशी पर्यटक

कास्की । पोखरा महानगरपालिका-३० शिशुवा देउरालीस्थित खोलाको छेउमा आज बिहानदेखि