१२ बैशाख २०८१, बुधबार | April 24, 2024

कोरोना अपडेट : ७८२ संक्रमित, १६ जनाको मृत्यु, १०२९ संक्रमणमुक्त



काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ७८२ जना व्यक्तिमा कोरोना भाइरस संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार अपरान्ह अपडेट गरेको पछिल्लो तथ्यांक अनुसार ५ हजा ७०६ जनाको पीसीआर परीक्षण गर्दा ७८२ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये ४७७ जना पुरुष र ३०५ जना महिला छन् ।

यससँगै नेपालमा हालसम्म कोरोना भाइरस संक्रमितको कुल संख्या २ लाख ५२ हजार ४७४ पुगेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भाइरसको संक्रमणबाट मुक्त हुनेको संख्या १ हजार २९ रहेको छ । हालसम्म संख्या २ लाख ४१ हजार ३९२ जना संक्रमणमुक्त भएका छन् ।

भाइरसका सक्रिय संक्रमितको संख्या ९ हजार ३१७ रहेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या १ हजार ७६५ पुगेको छ ।

प्रकाशित मिति : ३ पुस २०७७, शुक्रबार  ४ : ४४ बजे

सूर्य नेपाल काठमाडौं ओपन – दोस्रो दिन दिनेश र भुवन शीर्षस्थानमा

काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२३-२४ अन्तर्गतको सातौं प्रतियोगिता,

बुटवलमा रहेको सिद्धबाबा हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालि ७ औं वर्षमा प्रवेश

बुटवल । युवा विशेषज्ञ चिकित्सकहरुको लगानीमा स्थापना भएको बुटवलमा सञ्चालित

महोत्तरीको मटिहानीमा सयौ घर जलेर नष्ट, आगो अझैँ नियन्त्रण बाहिर

महोत्तरी । महोत्तरीको मटिहानी नगरपालिकाको वडा नं.६ स्थित जरलहवा गाछीमा

रविको दाबी – हरेक महिना ठूलो भ्रष्टाचारीलाई पक्रन्छु भनेको छु, सप्राइज कुरेर बस्नु होला

इलाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं गृहमन्त्री रवि

तिलोत्तमाको जंगलमा डढेलो निभाउन गएको दमकल आफै जलेर ध्वस्त

बुटवल । रुपन्देहीमा डढेलो निभाउन गएको एक दमकल आफै डढेलोको