२८ चैत्र २०८२, शनिबार | April 12, 2026

भारतले आफ्नो देश विरुद्ध पुनः सर्जिकल स्ट्राइकको षड्यन्त्र गरेको पाकिस्तानको आरोप



पाकिस्तानले आफ्नो मुलुकमाथि भारतले पुनः सर्जिकल स्ट्राइकको षड्यन्त्र रचेको आरोप लगाएको छ ।

पाकिस्तानका विदेशमन्त्री शाह महमूद क़ुरैशीले जासुसी सुत्रलाई उदृध गर्दै भारतले पाकिस्तान विरुद्ध सर्जिकल स्ट्राइकको योजना बनाएको दाबी गरेका हुन् ।

संयुक्त अरब इमरेट्सको राजधानी अबुधावीमा आयोजित पत्रकार सम्मेलनमा विदेशमन्त्री कुरैसीले भने, भारत आफ्नो देशभित्रको संकटपूर्ण अवस्था र भारत भारत नियन्त्रित काश्मिरमा बिग्रिँदै गएको अवस्थाबाट आम मानिसको ध्यान मोड्न पाकिस्तानमाथि सर्जिकल स्ट्राइकको षड्यन्त्र गर्दैछ ।’,

कुरैशीले भारतले पाकिस्तानविरुद्ध कुनै हर्कत गरेमा त्यसको गम्भीर परिणाम भोग्नुपर्ने पनि चेतावनी दिएका छन् ।

‘भारतमा कोरोना भाइरसको महामारीका कारण भारतको अर्थव्यवस्थामा निकै नोक्सान पुगेको छ । अल्पसंख्यकहरुमाथि भेदभावपूर्ण व्यवहार जारी छ । पुरै भारतमा विरोध प्रदर्शन र्भरहेको छ । यसैले भारत यो आन्तरिक संकटबाट ध्यान भड्काउन कथित सर्जिकल स्ट्राइकको योजना बनाएको छ ।’, पाकिस्तानी विदेशमन्त्री कुरैशीले दाबी गरे ।

पाकिस्तानले यसबारेमा अन्तराष्ट्रिय समुदायलाई जासुसी जानकारी सेयर गरेको पनि उनले बताए । कुरैशीले गत महिना पनि अन्तराष्ट्रिय समुदायलाई भारतले आफ्नो देशभित्र आतंकवादी आक्रमण गराउनका लागि रचेको षड्यन्त्रबारे जानकारी गराएको बताए ।

भारतको तर्फबाट यस आरोपबारे अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन ।

प्रकाशित मिति : ४ पुस २०७७, शनिबार  १० : २१ बजे

पाकिस्तानमा इरान-अमेरिका वार्ता सुरु : इरानी सञ्चारमाध्यम

तेहरान । मध्यपूर्व युद्ध अन्त्यका लागि अमेरिकासँग इस्लामावादमा वार्ता सुरु

ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, दुई गम्भीर घाइते

सङ्खुवासभा । कोशी राजमार्गअन्तर्गत सङ्खुवासभाको खाँदबारी-तुम्लिुङटार सडकखण्डमा ट्याक्टर दुर्घटना हुँदा

मोरङमा १ अर्बको अत्याधुनिक ‘एलेक्सा लाइफसाइन्सेज’ सञ्चालनमा

मोरङको बुढीगंगा गाउँपालिका-3२ मा १ अर्ब रुपैयाँभन्दा बढीको लगानीमा अन्तर्राष्ट्रिय

चन्द्रमाको परिक्रमा गरेर फर्किए आर्टेमिस-२ का अन्तरिक्षयात्री

एजेन्सी । झण्डै पाँच दशकपछि मानवसहित चन्द्रमाको यात्रामा निस्किएको नासाको

स्रोत नखुलेको छ लाखसहित दुई जना पक्राउ

सुनसरी । कोशी गाउँपालिका-८ भण्टाबारीबाट स्रोत नखुलेको रु छ लाख