२० मंसिर २०८२, शनिबार | December 6, 2025

भारतले आफ्नो देश विरुद्ध पुनः सर्जिकल स्ट्राइकको षड्यन्त्र गरेको पाकिस्तानको आरोप



पाकिस्तानले आफ्नो मुलुकमाथि भारतले पुनः सर्जिकल स्ट्राइकको षड्यन्त्र रचेको आरोप लगाएको छ ।

पाकिस्तानका विदेशमन्त्री शाह महमूद क़ुरैशीले जासुसी सुत्रलाई उदृध गर्दै भारतले पाकिस्तान विरुद्ध सर्जिकल स्ट्राइकको योजना बनाएको दाबी गरेका हुन् ।

संयुक्त अरब इमरेट्सको राजधानी अबुधावीमा आयोजित पत्रकार सम्मेलनमा विदेशमन्त्री कुरैसीले भने, भारत आफ्नो देशभित्रको संकटपूर्ण अवस्था र भारत भारत नियन्त्रित काश्मिरमा बिग्रिँदै गएको अवस्थाबाट आम मानिसको ध्यान मोड्न पाकिस्तानमाथि सर्जिकल स्ट्राइकको षड्यन्त्र गर्दैछ ।’,

कुरैशीले भारतले पाकिस्तानविरुद्ध कुनै हर्कत गरेमा त्यसको गम्भीर परिणाम भोग्नुपर्ने पनि चेतावनी दिएका छन् ।

‘भारतमा कोरोना भाइरसको महामारीका कारण भारतको अर्थव्यवस्थामा निकै नोक्सान पुगेको छ । अल्पसंख्यकहरुमाथि भेदभावपूर्ण व्यवहार जारी छ । पुरै भारतमा विरोध प्रदर्शन र्भरहेको छ । यसैले भारत यो आन्तरिक संकटबाट ध्यान भड्काउन कथित सर्जिकल स्ट्राइकको योजना बनाएको छ ।’, पाकिस्तानी विदेशमन्त्री कुरैशीले दाबी गरे ।

पाकिस्तानले यसबारेमा अन्तराष्ट्रिय समुदायलाई जासुसी जानकारी सेयर गरेको पनि उनले बताए । कुरैशीले गत महिना पनि अन्तराष्ट्रिय समुदायलाई भारतले आफ्नो देशभित्र आतंकवादी आक्रमण गराउनका लागि रचेको षड्यन्त्रबारे जानकारी गराएको बताए ।

भारतको तर्फबाट यस आरोपबारे अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन ।

प्रकाशित मिति : ४ पुस २०७७, शनिबार  १० : २१ बजे

सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार भएको पहिलो

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय