१६ श्रावण २०८३, शनिबार | August 1, 2026

बालबालिकामा देखिने अटिजम बारे अधिकांश अभिभावक नै अनविज्ञ



बुटवल । बालबालिकाहरुमा देखिने अटिजम बारे अभिभावकहरु नै अनविज्ञ रहेको एक कार्यक्रममा बोल्ने बक्ताहरुले बताएका छन ।

रोटरी क्लब अफ तिलोत्तमा रुपन्देहीको ४ सय ५५ औं नियमित बैठक तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै स्त्री तथा प्रसुति रोग विशेषज्ञ तथा अटिजन केयर सोसाईटी लुम्बिनीका अध्यक्ष डा सतिस रुपाखेतीले आफुहरु संस्थागत रुपमै अटिजम बारे सचेतना जगाउन लागेको बताए ।

काठमाण्डौमा अटिजम केयर नेपाल बाहेक बुटवलमा समेत सोसाईटीमार्फत अभिभावक सचेतना तालिमका कार्यक्रमहरु गरेको उनले बताए । कुनै पनि बालबालिकाहरुमा अटिजम देखिएमा अभिभावक धेरै कुरामा ध्यान दिनुपर्ने उनको सुझाव छ । गर्भावस्थामा मेडिसिनको प्रयोग बढि हुदा बच्चामा अटिजम हुनसक्ने विज्ञहरु बताउछन । विश्व स्वस्थ्यको तथ्याकमा ५९ जनामध्ये एक जनामा अटिजम देखिने बताईन्छ ।

नेपालमा ३ लाख अटिजमबाट पिडित रहेको तथ्याक छ । नेपालको कुल ३ करोड जनसंख्यामध्ये १ प्रतिशत यसको शिकार भएको मानिन्छन । न्युनतम २ महिना तालिम लिएर बालबालिकाको रेखदेखबारे जानकारी लिनुपर्ने उनले बताए । सहिद स्मारक बोर्डिङ स्कुल परिसरमा अटिजन केयर सोसाईटी लुम्बिनी स्थापना गरि एक सय जना अभिभावक आवद्घता गराएर आफुहरु लागेको उनले बताए ।

निकट भविष्यमा शान्ति नमुना स्कुलसंग सहकार्य गरि लुम्बिनी प्रदेश सरकारको सहयोगमा ५ कठ्ठा क्षेत्रफलमा अटिजम स्कुल निर्माणको काम पनि अघि बढाएको उनले बताए । यसबारे ज्ञान नहुदा कतिपय गाउघरमा बालबालिका बाधेर राख्ने काम समेत भैरहेको उनले दुखेसो गरे ।

क्लबका अध्यक्ष गोपाल ज्ञवालीले कोभिड-१९ का कारण क्लबका गतिविधि तिब्र गर्न नसकिएको भन्दै सचेतना र अन्तरक्रियालाई निरन्तरता दिदा धेरै फाईदा मिलेको बताए । लायन्स क्लब अफ सैनामैना मलमलाका अध्यक्ष अच्युत पौडेलले सामाजिक संघसंस्थाहरु बीच सहकार्य जरुरी रहेको बताए ।

अन्य क्लबभन्दा फरक र अनुसासित ढंगबाट कार्यक्रम संचालन गर्ने तथा नया सिकाईको वातावरण भएको उनले बताए ।
कार्यक्रममा क्लबका सचिव दिपक भट्टराई, कोषाध्यक्ष निरज श्रेष्ठ, सदस्य देविराम पाण्डे, सरोज पन्त लगायतले अन्तरक्रिया कार्यक्रममा नया र अनौठो विषयहरुमा छलफल गरि समाजमा रहेका रुढीबाढी समस्या चिर्न मद्धत मिल्ने बताए ।

कार्यक्रममा मैयादेवि पुरस्कारबाट पुरस्कृत भएका कान्तिपुर मिडिया ग्रुपका लुम्बिनी प्रदेश प्रमुख दिपेन्द्र बडुवाल र संगितकर्मी संघ रुपन्देहीका अध्यक्ष पदमा निवाचित भएकी क्लबका सदस्य दुर्गा नेपाललाई सम्मान गरिएको थियो ।

प्रकाशित मिति : ४ पुस २०७७, शनिबार  १ : २८ बजे

रुइला र ङुइला नाका खुलेपछि उत्तरी गोर्खाका स्थानीय हर्षित

काठमाडौं । चीनको स्वशासित क्षेत्र सिजाङ (तिब्बत)सँग जोडिएका रुइला र

नेपाली महावाणिज्य दूतावासको सेवा प्रभावकारिताबारे छलफल

काठमाडौं । दुबईस्थित नेपालको महावाणिज्य दूतावासले सेवा सञ्चालनको एक वर्ष

पहिरो र बाढीका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौं । अविरल वर्षा, पहिरो तथा बाढीका कारण देशका विभिन्न

विश्व स्तनपान सप्ताह आजदेखि मनाइँदै

काठमाडौं । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ), राष्ट्रसङ्घीय बाल कोष (युनिसेफ),

धनुषा र सिरहा कर्फ्यु : बिहान ५ः०० देखि १०ः०० बजेसम्म अत्यावश्यक सामग्री खरिद गर्न पाइने

जनकपुरधाम । धनुषा र सिरहा जिल्ला प्रशासन कार्यालयले जिल्लाका विभिन्न