१६ श्रावण २०८३, शनिबार | August 1, 2026

आजबाट बूढानीलकण्ठ मन्दिर खुला गरिँदै



काठमाडौं । कोरोनाभाइस संक्रमणका कारण नौ महीनादेखि भक्तजनका लागि बन्द गरिएको बूढानीलकण्ठ नारायणस्थान मन्दिर आइतबारदेखि खुला गरिने भएको छ । बिहान ८ बजे विशेष कार्यक्रम र पूजा गरी मन्दिर भक्तजनका लागि खुला गरिँदैछ ।

कोरोना सङ्क्रमण बढ्न थालेपछि सरकारले गत वर्ष ११ चैतमा बन्दाबन्दी लगाएकै दिनदेखि भक्तजनका लागि मन्दिर बन्द थियो ।

आजदेखि भने भक्तजनका लागि भौतिक दूरी कायम गरी स्वास्थ्य सुरक्षाका विधि अपनाएर खुला गर्न लागिएको बूढानीलकण्ठ नारायणस्थान दशनामी मठका मठाधीश महन्त स्वामी निगमानन्दले जानकारी दिए ।

उनका अनुसार आज बिहान ८ः१५ बजे मन्दिरमा आयोजना गरिने कार्यक्रममा वाग्मती प्रदेशसभा सदस्य दीपक निरौला र बूढानीलकण्ठ नगरपालिकाका मेयर उद्धवप्रसाद खरेलले मन्दिर भक्तजनका लागि पनि खुला गरिएको घोषणा गर्नेछन् । मन्दिर बन्द हुँदा पनि नित्य पूजा, आरती भने नियमति भइरहेको छ ।

मन्दिरमा चतुर्मासा, कार्तिक शुक्ल एकादशीदेखि पूर्णिमासम्म लाग्ने मेला भने यस वर्ष कोरोनाका कारण स्थगित गरिएको थियो । बुढानीलकण्ठमा हरि र हर अर्थात् विष्णु र शिव दुवै भगवान् रहेको धार्मिक विश्वास छ ।

गएको वर्ष ११ चैतदेखि नै बन्द रहेको पशुपतिनाथ मन्दिर १ पुसदेखि नै भक्तजनका लागि खुला गरिसकिएको छ । पशुपतिनाथमा पनि मास्क अनिवार्य गरिएको छ । भक्तजनले भौतिक दूरी कायम गरेर स्वास्थ्यका अन्य मापदण्ड पनि पूरा गर्नुपर्नेछ ।

प्रकाशित मिति : ५ पुस २०७७, आइतबार  ६ : ४३ बजे

रुइला र ङुइला नाका खुलेपछि उत्तरी गोर्खाका स्थानीय हर्षित

काठमाडौं । चीनको स्वशासित क्षेत्र सिजाङ (तिब्बत)सँग जोडिएका रुइला र

नेपाली महावाणिज्य दूतावासको सेवा प्रभावकारिताबारे छलफल

काठमाडौं । दुबईस्थित नेपालको महावाणिज्य दूतावासले सेवा सञ्चालनको एक वर्ष

पहिरो र बाढीका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौं । अविरल वर्षा, पहिरो तथा बाढीका कारण देशका विभिन्न

विश्व स्तनपान सप्ताह आजदेखि मनाइँदै

काठमाडौं । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ), राष्ट्रसङ्घीय बाल कोष (युनिसेफ),

धनुषा र सिरहा कर्फ्यु : बिहान ५ः०० देखि १०ः०० बजेसम्म अत्यावश्यक सामग्री खरिद गर्न पाइने

जनकपुरधाम । धनुषा र सिरहा जिल्ला प्रशासन कार्यालयले जिल्लाका विभिन्न