२ असार २०८३, मंगलबार | June 17, 2026

नेकपा स्थायी कमिटी बैठक बस्दै, ओली अनुपस्थित हुने, अध्यादेश फिर्ता नभएको बारे प्रश्न उठ्ने



काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक आज पुनः बस्दैछ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने यसअघि तय भएको बैठकको स्थान भने सर्ने सम्भावना बढेको छ । बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री ओली अनुपस्थित हुने भएपछि बैठक स्थल परिवर्तन हुनसक्ने खुमलटार स्रोतले बताएको छ ।

कार्यकारी अध्यक्षप्रचण्डलाई भेट्न खुमलटार पुगेका ओलीले बैठकमा आफु अनुपस्थित हुने जनाउ दिइसकेका छन् ।

आफुमाथि लागेको ‘आरोपत्र’माथिको छलफलमा भाग लिन नसक्ने भन्दै ओलीले प्रचण्डलाई सो प्रस्ताव फिर्ता लिन माग गरेका छन् । तर, अध्यक्ष प्रचण्डले भने आफ्नो र ओलीका दुवै प्रस्तावमाथि स्थायी कमिटीमा छलफल हुने र विधिसम्मत तरिकाले त्यसको समाधान खोजिने बताएका छन् ।

आज बस्ने स्थायी कमिटी बैठकमा प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षीय नेताहरुले संवैधानिक परिषद सम्बन्धी अध्यादेश फिर्ता नभएको बारे प्रश्न उठाउने भएका छन् । पार्टीको निर्णय ५ दिन वित्दा पनि कार्यान्वयन नहुँदा आशंका जन्माएको एक स्थायी कमिटी सदस्यले बताए । ती सदस्यले दुई अध्यक्षले ल्याएका प्रस्ताव र पत्राचारहरुमाथि छलफल गरी टुंगोमा पुर्याउनुपर्ने विषयमा समेत कुरा उठ्ने जनाए ।

पुष १ गते बसेको बैठकले प्रधानमन्त्री ओलीले ल्याएको संवैधानिक परिषदसम्बन्धी अध्यादेश फिर्ता गर्ने सर्वसम्मत निर्णय गरेको थियो । यसैगरी संघीय संसदको विशेष अधिवेशन आह्वान गर्न नेकपाकै ८३ जना सांसदहरुको हस्ताक्षरसहित राष्ट्रपति कार्यालयमा पुर्याइएको निवेदनलाई पनि फिर्ता लिने सर्वसम्मत निर्णय गरेको थियो । तर, ओलीले अहिलेसम्म पनि अध्यादेश फिर्ता गरेका छैनन् । अध्यादेश फिर्ता नगरेर ओलीले आफैले गरेको निर्णयलाई समेत उल्लंघन गरेको आरोप उनी इतर नेताहरुले लगाएका छन् ।

शुक्रबार प्रदेश १ का प्रचण्ड–माधव नेपाल पक्षीय नेताहरुको भेलामा अध्यक्ष प्रचण्डले अध्यादेश फिर्ता नलिए थप कदम चाल्ने चेतावनी दिएका थिए । प्रचण्डले शनिबार आफ्नै निवासमा भेट्न आएका ओलीलाई तत्कालै अध्यादेश फिर्ता लिन सुझाएका थिए । तर, अध्यादेश फिर्ता नभए पुनः विशेष अधिवेशनको माग गरिने प्रचण्ड–नेपाल पक्षीय नेताहरुको तयारी रहेको छ ।

शनिबार प्रधानमन्त्री ओली प्रचण्डलगायत पार्टीका नेताहरुसँग भेटघाटमै व्यस्त बनेका थिए ।  ओली–प्रचण्ड भेटमा ओलीले सहमतिका लागि वामदेव गौतमलाई पार्टीको अध्यक्ष र प्रधानमन्त्री बनाउने प्रस्ताव गरेका थिए । तर, प्रचण्डले वामदेवलाई अध्यक्ष बनाउने भए तत्कालै राजीनामा गर्न र पार्टी कमिटीमा प्रस्ताव ल्याउन भनेका थिए । ३ महिनाभित्र प्रतिनिधिसभाको उपनिर्वाचन गराएर वामदेव गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव समेत ओलीले गरेका थिए ।

ओलीले हिजै राष्ट्रपति विद्यादेवी भण्डारी, गृहमन्त्री रामबहादुर थापालगायतका नेता तथा मन्त्रीहरुसँग पनि भेटवार्ता गरेका थिए ।

प्रकाशित मिति : ५ पुस २०७७, आइतबार  ८ : ३३ बजे

रूपन्देहीमा एक महिनामा १८२ मुद्दा, ४६ फरार प्रतिवादी पक्राउ

भैरहवा । जिल्ला प्रहरी कार्यालय रूपन्देहीमा जेठ महिनाभर विभिन्न प्रकृतिका

परराष्ट्रमन्त्रीद्वारा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले चिनियाँ लगानीकर्ताहरूलाई नेपालमा लगानी गरी

जेठमा घर जग्गा कारोबारबाट पाँच अर्ब २४ करोड राजस्व सङ्कलन

काठमाडौँ । देशभरका भूमि प्रशासन कार्यालयले गत जेठ महिनामा रु

विश्वकप हेर्न अनावश्यक तथा शङ्कास्पद ‘एप डाउनलोड’ नगर्न साइबर ब्यूरोको आग्रह

काठमाडौँ । नेपाल प्रहरीको साइबर ब्यूरोले विश्वकप फुटबल २०२६ हेर्न

चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन

काठमाडौं । सङ्घीय सरकारले चालु आर्थिक वर्षको ११ महिनामा राजस्वतर्फ