२५ श्रावण २०८३, सोमबार | August 10, 2026

महासचिवको सूचना र माइन्युट बिनाको बैठकले वैधानिकता पाउँदैन : ओली समुहका प्रवक्ता ज्ञवाली



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको ओली समूहका नवनियुक्त प्रवक्ता प्रदीप ज्ञवालीले महासचिवले सुचना नगरेको र माईन्युट नभएको बैठक वैधानिक हुन नसक्ने बताएका छन् ।

ओली समुहको केन्द्रीय कमिटी बैठकपछि बैठकका निर्णय सार्वजानिक गर्दै प्रवक्ता ज्ञवालीले प्रथम अध्यक्षको सल्लाहमा महासचिवले बोलाएको बैठक मात्र वैधानिक हुने दाबी गरे ।

ज्ञवालीले पार्टीले कसैलाई कारवाही नगरेको जानकारी दिँदै बैठकमा बोलाइए पनि अर्का अध्यक्ष प्रचण्ड बैठकमा अनुपस्थित भएको बताए । उनले सरकारलाई हटाउनै पर्ने गरी कुनै नराम्रो काम नगरेको जिकिर गर्दै राष्ट्रियता बलियो हुँदै गएको र विश्वमानचित्रमा नेपालको प्रोफाइल बन्दै गएको बेला सरकार ढाल्ने खेल भएपछि संसद विघटनको बाटो अवलम्बन गर्नुपरेको बताए ।

बाहिर विरोध गरेपनि अन्य पार्टीहरुले भित्रभित्र पार्टीहरुले चुनावको तयारी गरिरहेको दाबी गर्दै प्रवक्ता ज्ञवालीले लोकतन्त्रलाई स्वीकार गर्ने कुनै पनि पार्टी चुनावबाट नभाग्ने विश्वास व्यक्त गरे । प्रतिनिधिसभा मात्र विघटन भएको नेकपा विघटन भएको होईन । पार्टी एकताबद्ध नै छ । उनले भने ९माईन्युट र महासचिवको सुचना बिना बसेको बैठक आधिकारीक हुन्छ र रु

प्रधानमन्त्रीसँग अहिलेपनि ६४ प्रतिशत सांसदको समर्थन रहेको दाबी गर्दै ३६ प्रतिशत सांसदले गरेको निर्णयको अर्थ नरहने ज्ञवालीले दाबी गरे ।

प्रकाशित मिति : ७ पुस २०७७, मंगलबार  २ : १८ बजे

प्रतिपक्षले भन्यो – कालो चस्मा खोल्नुस्, प्रधानमन्त्रीज्यू, तपाईं एक्लो हुनुहुन्न

काठमाडौं । नेपाली कांग्रेसकी सांसद रेनुका काउचाले प्रधानमन्त्री वालेन्द्र शाह

समावेशी सञ्चारका लागि मातृभाषा पत्रकारितामा अन्तरराष्ट्रिय बहस

काठमाडौँ । ‘समृद्धिको आधार, पूर्ण समावेशी सञ्चार’ नाराका साथ तेस्रो

प्रशासनले अनावश्यक धरपकड गरेको भन्दै बाँकेका ग्यास व्यवसायी आक्रोशित

नेपालगन्ज । स्थानीय प्रशासनले अनावश्यक धरपकड गरेको भन्दै बाँकेका ग्यास

प्रधानमन्त्री बालेन्द्रको कूटनीतिक ‘यू-टर्न’, भारतीय राजदूतसँग पहिलो एकल भेट

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले नेपालका लागि भारतीय राजदूत नवीन

अर्थमन्त्री वाग्लेले बहुराष्ट्रिय २० ठूला करदाता कम्पनीका प्रतिनिधिसँग छलफल गर्दै

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज नेपालमा लगानी गरेका