८ चैत्र २०८२, आइतबार | March 22, 2026

प्रतिनिधिसभा विघटन बदरको माग गर्दै नेकपाका बहुमत सांसदहरु सर्वोच्च अदालतमा



काठमाडौं । सत्तारुढ नेकपाका बहुमत सांसदहरुले प्रतिनिधिसभा विघटन विरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता गर्न गएका छन् ।

नेकपा संसदीय दला मुख्य सचेतक देव गुरुङ, सांसदहरु कृष्णभक्त पोखरेल, शशी श्रेष्ठ र रामकुमारी झाँक्री रिट दर्ता गर्न सर्वोच्च पुगेका हुन् ।

उनीहरुले असंवैधानिक ढंगले सरकारले प्रतिनिधिसभा भंग गर्दा पाँचवर्षसम्म आफुहरुले प्रतिनिधित्व गर्ने हकबाट बञ्चित भएको जिकिर गरेका छन् । उनीहरुले राष्ट्रपतिले गरेको संसद विघटन गर्ने काम उत्प्रेषणको आदेशबाट बदर गर्न माग गरेका छन् ।

रिटमा लेखिएको छ, ‘प्रधानमन्त्रीले गरेको संसद विघटन र निर्वाचनको मिति सिफारिस र सो सिफारिसका आधारमा राष्ट्रपतिबाट गरेको संसद विघटनको निर्णयबाट हामी निवेदक ५ वर्षसम्म प्रतिनिधित्व गर्न पाउने हकबाट वञ्चित भएका छौं । अतः मिति २०७७(९(५ मा प्रधानमन्त्रीले गरेको सिफारिस र सो सिफारिसका आधारमा राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटनसम्बन्धी सम्पूर्ण कामकारबाही र सो सिफारिसका आधारमा भए गरेका सम्पूर्ण कार्यहरु नेपालको संविधानको धारा १३३ को उपधारा २ र ३ बमोजिम उत्प्रेषणको आदेशबाट बदर गरी प्रतिनिधिसभाले गर्नुपर्ने कामहरु सम्पन्न गर्न आवश्यक र उपयुक्त आदेश जारी होस्’ सांसदहरुको रिटमा भनिएको छ ।

हिजो बसेको नेकपासहित काँग्रेस र राजपाको बैठकमा सामुहिक रिट निवेदन दर्ता गर्ने सहमति भएपनि अन्य दलको बैठक बस्न ढिला भएका कारण आफुहरु सर्वोच्च पुगेको सांसदहरुले बताएका छन् ।

 

 

प्रकाशित मिति : ७ पुस २०७७, मंगलबार  ३ : ४५ बजे

देशभरिका निजी अस्पतालको सर्वेक्षण गरिँदै

काठमाडौँ । राष्ट्रिय तथ्याङ्क कार्यालयले देशभरका निजी स्वास्थ्य संस्था (अस्पताल)को

क्षितिज थापालाई ‘मिस्टर रामपिथेकस २०८२’ उपाधि

बुटवल । बुटवलमा सम्पन्न ‘मिस्टर रामपिथेकस राष्ट्रव्यापी शारीरिक सुगठन तथा

पाल्पाको तिनाउ ड्याममा डुबेर दुई भारतीय किशोर बेपत्ता

बुटवल । पाल्पाको तिनाउ ड्याम साइटमा डुबेर दुई जना भारतीय

नेप्से परिसूचकमा उच्च अङ्कको उछाल

काठमाडौं । साताको कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से)

बेमौसमी वर्षाका कारण नौ करोड बराबरको काँचो इँटामा क्षति

नेपालगन्ज । दुई दिनसम्म परेको बेमौसमी वर्षाले करिब नौ करोड