२८ चैत्र २०८२, शनिबार | April 11, 2026

एक तिहाई बसेर तीन तिहाई सदस्य थप्न मिल्छ ? : प्रचण्ड



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बालुवाटार बैठक अवैधानिक भएको दाबी गरेका छन् ।

आफु निकट केन्द्रीय कमिटी सदस्यहरुको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले पार्टी केन्द्रीय कमिटीका एक तिहाई मात्रै सदस्य उपस्थित बैठक बैधानिक बन्नै नसक्ने जिकिर गरेका हुन् । अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कटाक्ष गर्दै प्रश्न गरे, ‘एकतिहाई सदस्य बसेर दुई तीन तिहाई सदस्य थप्ने विचित्रको निर्णय गर्नु भएछ । यस्तो गर्न मिल्छ ?’

बैठकमा नेकपाका ३१० जना केन्द्रीय सदस्य उपस्थित छन् । यो नेकपाको केन्द्रीय कमिटीको दुई तिहाई भन्दा बढी संख्या हो । नेकपा केन्द्रीय कमिटी ४४१ सदस्यीय रहेको छ ।

प्रचण्डले बालुवाटार भएको ओली पक्षको केन्द्रीय कमिटी बैठकलाई भेलाको संज्ञा दिँदै त्यसले वैधानिकता प्राप्त गर्न नसक्ने बताए । उनले भने, ‘६५ प्रतिशत केन्द्रीय सदस्य यहाँ हुनुहुन्छ, केही केन्द्रीय सदस्य बाटोमा हुनुहुन्छ । निर्वाचन आयोगको नियम कानुन ऐनअनुसार यो बैठक वैधानिक र आधिकारिक हो । बालुवाटारमा भएको भेला वैधानिकता प्राप्त लायक छैन । संवैधानिक निकायका पदाधिकारीले संविधान ऐन अनुसार विधिसम्मत ढंगले चल्छन् भन्ने अपेक्षा छ । विधिलाई ती सबैले सम्मान गर्नेछन् भन्ने अपेक्षा राखेको छु ।’

ओली समुहका केन्द्रीय सदस्यहरुको आजै बालुवाटारमा बसेको बैठकले केन्द्रीय कमिटीलाई विस्तार गरेर ११ सय ९९ महाधिवेशन आयोजक कमिटी बनाएको थियो ।

प्रचण्डले दुईवर्षसम्म ओलीको संगतबारे किस्सा सुनाउँदै सचिवालय सदस्यहरुलाई बोल्न पनि नदिने खालको व्यवहार भएको स्मरण गरे । ‘बैठक बस्न पनि अनुनय विनय गर्नुपर्ने अवस्थाबाट हामी गुज्रियौं’, उनले भने ।

अध्यक्ष प्रचण्डले पार्टी उपाध्यक्ष वामदेव गौतम र नेता रामबहादुर थापालाई पार्टी बैठकमा सहभागी हुन आग्रह समेत गरे । दुवै नेतासँग आफ्नो भावनात्मक सम्बन्ध रहेको भन्दै उनले भोलिदेखि दुवै नेता आफुहरुसँग सँगै हुने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : ७ पुस २०७७, मंगलबार  ४ : ३३ बजे

चन्द्रमाको परिक्रमा गरेर फर्किए आर्टेमिस-२ का अन्तरिक्षयात्री

एजेन्सी । झण्डै पाँच दशकपछि मानवसहित चन्द्रमाको यात्रामा निस्किएको नासाको

स्रोत नखुलेको छ लाखसहित दुई जना पक्राउ

सुनसरी । कोशी गाउँपालिका-८ भण्टाबारीबाट स्रोत नखुलेको रु छ लाख

‘शून्य बाँकी फाइल अभियान’ यही चैत ३० गतेदेखि आगामी वैशाख ७ गतेसम्म मनाइँदै

काठमाडौं । सरकारले ‘शून्य बाँकी फाइल अभियान’ यही चैत ३०

पूर्वाधारका पर्खाइमा सोवाङधुरी : हिमाल र सूर्येदय हेर्न आकर्षकस्थल

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका-७ मा रहेको सोवाङधुरी पर्यटक र

चौबिस घण्टाभित्र सबै विमानस्थलमा स्तनपानकक्ष व्यवस्था गर्न निर्देशन

काठमाडौं । सरकारले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलसहित देशभरका विमानस्थलमा २४ घण्टाभित्र