११ बैशाख २०८१, मंगलबार | April 24, 2024

खाद्य कम्पनीले चिनी नल्याउने



काठमाडौ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चिनी नल्याउने भएको छ । यसअघि चाडपर्वलाई ध्यानमा राख्दै १० हजार मेट्रिक टन चिनी खरिदको तयारी गरेको कम्पनीले नल्याउने निर्णय गरेको हो । चाडपर्व सकिएको र नेपाली चिनी उद्योगबाट नयाँ चिनी आउने समय भएकाले पुरानो प्रक्रिया रद्द गरिएको कम्पनीका प्रमुख कार्यकारी निर्देशक नेत्रप्रसाद सुवेदीले जानकारी दिए । उनका अनुसार कम्पनीले आह्वान गरेको बोलपत्रमा आवेदन नै नपरेपछि प्रक्रिया रद्द गरिएको हो ।

सरकारले गत साउनमा ५० प्रतिशत भन्सार छुटमा दश हजार मेट्रिक टन चिनी खरिदको अनुमति दिएको थियो । सरकारको अनुमतिअनुसार कम्पनीले चिनी खरिदका लागि गत भदौ ४ गते ४५ दिनको समय राखेर बोलपत्र आह्वान गरेको थियो । पहिलो आवेदनमा कुनै निवेदन नपरेको जनाउँदै पुनः बोलपत्र आह्वान तयारी गरेकोमा चिनी ल्याउन नसकिने भन्दै प्रक्रिया रद्द गरिएको हो ।

गत साउन १२ गते बसेको मन्त्रिपरिषद् बैठकले साल्ट ट्रेडिङ कर्पोरेशनलाई २० हजार मेट्रिक टन र खाद्य कम्पनीलाई १० हजार मेट्रिक टन गरी दुई संस्थानलाई ५० प्रतिशत भन्सार छुटमा ३० हजार मेट्रिक टन चिनी खरिदको अनुमति दिएको थियो ।

साल्ट कर्पोरेशनले दशैँ अगाडि नै ल्याएको २० हजार मेट्रिक टन चिनी बिक्री भइसकेको भन्दै नयाँ खरिदका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा अनुमति मागेको छ । खाद्य कम्पनीले हाल साल्ट कर्पोरेशनबाट चिनी लगेर बिक्री गरिरहेको छ । चाडपर्वलाई ध्यानमा राख्दै गत असोज १५ गतेदेखि आगामी माघ २ गतेसम्म सञ्चालन हुने सुपथ मूल्यका पसलमा कर्पोरेशनको चिनी बिक्री भइरहेको खाद्य कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : ७ पुस २०७७, मंगलबार  ६ : ०१ बजे

सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा

धनगढी । सुदूरपश्चिम प्रदेश मन्त्रिपरिषद् विस्तारमा अन्योल देखिएको छ ।

सूर्य नेपाल काठमाडौं ओपनको पहिलो दिन भुवन शीर्षस्थानमा

काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२३-२४ अन्तर्गतको सातौं प्रतियोगिता,

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने राजकीय भ्रमणमा

विपिन जोशीको रिहाईको पहल गरिदिन राष्ट्रपति पौडेलको कतारी अमिरलाई आग्रह

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलमा हमासको आक्रमणपश्चात् बेपत्ता भएका

गगन थापा भन्छन्- लोकतन्त्रको विकल्प समुन्नत लोकतन्त्र नै हो

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले लोकतन्त्र दिवसको शुभकामना