२६ आश्विन २०८३, सोमबार | October 12, 2026

विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्जका मेयर सिंह पुनःबहाल



वीरगञ्ज। विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंह पुनः आफ्नो पदमा बहाल भएका छन्। अदालतको निर्णयसँगै सिंहलाई नगर प्रमुखको जिम्मेवारीमा पुनःबहाली गरिएको हो।

विशेष अदालतले सिंहलाई मुद्दाबाट सफाइ दिएसँगै केही समयदेखि महानगरको नेतृत्वलाई लिएर देखिएको अन्योल अन्त्य भएको छ। सिंह पुनःबहाल भएसँगै उनका समर्थक, शुभेच्छुक तथा स्थानीयवासीले खुसी व्यक्त गर्दै बधाई र शुभकामना दिएका छन्।

समर्थकहरूले अदालतको फैसलालाई ‘न्यायको जित’ का रूपमा स्वागत गरेका छन्। उनीहरूले ‘न्याय मरेको छैन, सत्यको जित भएको छ’ भन्दै न्यायमूर्तिहरूप्रति सम्मान तथा आभार व्यक्त गरे।

यसअघि, अर्काको छोरीलाई आफ्नै छोरी भनी नागरिकता बनाएको आरोपमा उनीमाथि मुद्दा चलेको थियो।

प्रकाशित मिति : २९ भदौ २०८३, सोमबार  ९ : ४१ बजे

विदेशको अनुभव, स्वदेशमा शैक्षिक परामर्श

बुटवल । दक्षिण कोरियामा करिब आठ वर्ष बिताएर स्वदेश फर्किएका

सहरको स्वादका लागि छुट्छ हिमालको दसैँ-तिहार

बझाङ । घरमा आमा छिन । परिवार छ । आफन्त

म्याग्दीको भसभसेमा सडक भासिदा यातायात सञ्चालनमा समस्या

म्याग्दी । बेनी नगरपालिका-२ स्थित भसभसेको पहिरो म्याग्दी र मुस्ताङलाई

कांग्रेस उपसभापतिमा भण्डारी, आचार्य र चौधरी विजयी, महामन्त्रीमा पौडेल, राणा र संग्रौला निर्वाचित

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको

नवरात्रको दोस्रो दिन : ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै

काठमाडौं । नवरात्रको दोस्रो दिन आज दसैँ घर वा पूजा