१२ कार्तिक २०८३, बिहिबार | October 29, 2026

गुल्मीमा माइत जाँदै गरेकी महिलालाई निस्ती खोलाले बगायो



गुल्मी । माइत जाने क्रममा खोलाले बगाउँदा गुल्मीमा एक महिला सम्पर्कविहीन भएकी छन्। मुसिकोट नगरपालिका र इस्मा गाउँपालिकाको सिमानामा पर्ने निस्ती खोला तर्ने क्रममा उनलाई बाढीले बगाएको हो।

सम्पर्कविहीन हुनेमा मुसिकोट नगरपालिका, इन्द्रेगौँडाकी २९ वर्षीया कल्पना पुन रहेकी छन्। उनी इस्मा गाउँपालिका–४ हुलस्थित माइत जाँदै गर्दा आइतबार साँझ दुर्घटनामा परेकी हुन्।

घटनाको जानकारी पाउनासाथ प्रहरी र स्थानीयवासी खोजी कार्यमा जुटेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक वीरेन्द्रवीर विश्वकर्माले जानकारी दिए।

हाल इस्मा प्रहरी चौकी र पौंदीअमराईबाट प्रहरी टोली खटिएर निरन्तर खोजी गरिरहेको छ। प्रहरीका अनुसार सोमबार बिहान साढे १० बजेसम्म पनि उनको अवस्था पत्ता लाग्न सकेको छैन।

प्रकाशित मिति : २९ भदौ २०८३, सोमबार  १ : २५ बजे

कोप-३१ मा हिमाली एजेन्डा, जलवायु वित्त र जलवायु न्यायलाई प्राथमिकताका साथ उठाउँछौँः परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना

काठमाडौं गोर्खाजलाई आठ विकेटले हराउँदै जनकपुरले खोल्यो जितको खाता

काठमाडौं । मोइन अलीको अर्धशतक र राहुल यादवको घातक बलिङप्रेरित

कांग्रेसका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय कार्यसमितिका सदस्यहरूले लिए शपथ

काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट नवनिर्वाचित पदाधिकारीका साथै केन्द्रीय

सेयर बजारमा हरियाली, नेप्से र कारोबार दुवै बढ्यो

काठमाडौं । साताको चौथो कारोबार दिन बिहीबार शेयर बजारमा हरियाली

हुलाकी राजमार्गले धमाधम तान्दै निजी क्षेत्रको लगानी

नेपालगन्ज । बिगत ९ वर्षदेखि सडक निर्माणको नाममा कन्तबिजोग बनाइएको