७ बैशाख २०८१, शुक्रबार | April 20, 2024

कालिगण्डकी करिडोरमा भिरबाट ट्रक खस्दा ३ जनाको मृत्यु



कावासोती । कालिगण्डकी करिडोर अन्तर्गत पुर्बी नवलपरासीको गैंडाकोट ३ मा ट्रक दुर्घटना हुदा तीन जनाको ज्यान गएको छ । ईलाका प्रहरी कार्यलय गैडाकोट का अनुसारर गैंडाकोट भोक्रोफाँट टोलको २६ किलोमिटर भन्ने स्थानको सेतो पहराबाट ना ३ ख ५३३९ नम्बरको ट्रक खसेको हो । सडकबाट सो ट्रक झण्डै २ सय मिटर तल खसेको थियो ।

लोहनी कन्स्ट्रक्सनको सिमेन्ट बोक्ने ट्रक बुलिङटार गाउँपालिकाको खामबेंसीबाट फर्कदै गर्दा दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

घटनास्थलमा ३ जना पुरुषको शव फेला परेको स्थानीय खेम गरम्जा मगरले जानकारी दिएका छन् । गरम्जाका अनुसार सडकदेखी करिब १०० मिटरको दुरीमा ट्रकबाट उछिट्टिएको अवस्थामा शव फेला परेको हो ।

घटनास्थलबाट हेटौंडा ठेगाना रहेको सुरेश भुजेलको नाममा रहेको लाईसेन्स फेला परेको बताईएको छ । मेतकको आधिकारिक सनाखत हुन नसकेको प्रहरीले जनाएको छ । ट्रक उकालोमा ब्याक भई खसेको आशंका गरिएको छ ।

घटनास्थल गैंडाकोट पुर्व पश्चिम राजमार्गदेखी करिब ३५ किमिको दुरीमा पर्छ । विस्तृत विवरण अझै आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ८ पुस २०७७, बुधबार  ११ : ४६ बजे

कार्यकक्षमा नभेटिने कर्मचारीलाई कारवाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्यालय समयमा आफ्नो कार्यकक्षमा

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यू भएको छ

धरौटी बुझाउन नसकेपछि दिपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दिपेश पुन

काठमाडौं महानगरमा ३३ जनाको निःशुल्क उपचार, कसरी लिने सेवा ?

काठमाडौं । २ जना वेवारिसे र ३१ जना विपन्न गरी

अंग्रेज हराएको खुशीयालीमा बुटवलमा मनाइयो जितगढी विजय उत्सव (फोटो फिचरसहित)

बुटवल । नेपाल-अंग्रेज (इष्ट इण्डिया कम्पनी) सँगको युद्धमा जित हासिल