१४ बैशाख २०८१, शुक्रबार | April 26, 2024

प्रचण्ड–नेपाल नेतृत्वको नेकपाले निर्वाचन आयोगमा बुझायो २९० केन्द्रीय सदस्यको हस्ताक्षर



काठमाडौं । प्रचण्ड–नेपाल नेतृत्वको नेकपाले निर्वाचन आयोगमा २९० जना केन्द्रीय सदस्यको हस्ताक्षर बुझाएको छ । बुधबार केन्द्रीय सदस्य सुरेन्द्र पाण्डे, लिलामणी पोखरेल, मुक्ति प्रधान सहितको टोलीले आयोगमा गई २९० जना केन्द्रीय सदस्यको हस्ताक्षर बुझाएको हो ।

यसअघि मंगलबारको केन्द्रीय कमिटी बैठकले गरेका निर्णयहरू पनि निर्वाचन आयोगमा बुझाएको छ । आयोगमा बुझाएको पत्रमा नेकपाको ४४७ सदस्यीय केन्द्रीय कमिटीका २९० जनाको नाम उल्लेख गरिएको नेता पाण्डेले बताए ।

बुधबार बसेको प्रचण्ड माधव समूहको केन्द्रीय कमिटीको बैठकले अध्यक्ष ओलीलाई अनुशासनको कारबाही गरी अध्यक्षबाट निस्कासन गर्ने र माधवकुमार नेपाललाई अध्यक्ष चयन गर्ने निर्णय गरेको थियो ।

प्रकाशित मिति : ८ पुस २०७७, बुधबार  ४ : ४७ बजे

हैदरावादमाथि बेंगलोरको ३५ रनले बिजयी

काठमाडौं । भारतमा जारी इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत गएराति

विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दै

काठमाडौं । संसदीय समितिको बैठक बस्दै छ । आज विकास,

मेचीनगरमा तीन खानेपानी आयोजना सम्पन्न

झापा । मेचीनगर नगरपालिका क्षेत्रभित्र तीनवटा ठूला खानेपानी आयोजना निर्माण

जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै

काठमाडौं । जनता समाजवादी पार्टी, (जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समितिको

आजदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै

काठमाडौं । कक्षा १२ परीक्षा आजदेखि देशभर एकैसाथ सुरुहुँदै छ