२५ श्रावण २०८३, सोमबार | August 10, 2026

ओली समूहको सातै प्रदेशको प्रशिक्षण भेला काठमाडौमा



काठमाडौं । केपी शर्मा ओलीले नेतृत्व गरेका नेकपाले ७ वटै प्रदेशका अगुवा कार्यकर्ताको प्रशिक्षण भेला गरेको छ । काठमाडौको बिभिन्न स्थानमा आयोजना गरिएको प्रशिक्षण भेलामा ओली नेतृत्वको नेकपाका नेताहरुले सम्बोधन गरेका छन् ।

प्रदेश १ को भेला अनुपम पार्टी प्यालेस बत्तिसपुतली, प्रदेश २ को अनामनगरस्थित एक इन्जिनियरिङ कलेजमा, बागमती प्रदेशको रोयल पार्टी प्यालेस तीनकुने, लुम्बिनी प्रदेशको इन्द्रेणी ब्याङ्केट नयाँ बानेश्वर, गण्डकी प्रदेशको सहकारी बोर्डको अफिस पुल्चोक, कर्णाली प्रदेशको एसियन पार्टी प्यालेस सुकेधारा र सूदुरपश्चिम प्रदेशको कार्निभल रेष्टुरेन्टमा आयोजना गरिएको छ ।

ओली समूहको प्रदेश १ को भेलामा सुवासचन्द्र नेम्वाङ, प्रदीप ज्ञवाली, मणि तथा र डा. शिवमाया तुम्बाहाङ्फेले सम्बोधन गरेका छन् भने प्रदेश २ को भेलामा ईश्वर पोखरेल, रघुवीर महासेठ, सत्यनारायण मण्डल र जुलीकुमारी महतोले सम्बाधेन गरिरहेका छन् ।

बागमती प्रदेशमा ईश्वर पोखरेल, टोपबहादुर रायमाझी र पदमा अर्याल, गण्डकी प्रदेशमा टोपबहादुर रायमाझी, पृथ्वी सुब्बा गुरुङ, किरण गुरुङ र सीता पौडेल, लुम्बिनी प्रदेशमा विष्णु पौडेल, शंकर पोखरेल, मणि तथा र गोमा देवकोटाले अगुवा कार्यकर्तालाई प्रशिक्षण दिएका छन् ।

कर्णाली प्रदेशको भेला शंकर पोखरेल, छविलाल विश्वकर्मा, यामलाल कँडेल र सुजिता शाक्य र सुदूरपश्चिम प्रदेशमा लेखराज भट्ट, प्रदीप ज्ञवाली, कर्णबहादुर थापा र डा. विन्दा पाण्डेले सम्बोधन गरेका छन् ।
कतिपय प्रदेशको भेला सकिएको छ भने केहि प्रदेशको भेला अहिले पनि जारी छ ।
भेलामा राजधानीमा उपलब्ध ओली समूहका नेता तथा कार्यकर्ता सहभागी गराईएको छ । मंगलबार मात्रै ११९९ सदस्सीय महाधिवेशन आयोजक कमिटी गठन गरेको यो समूहले आज बुधबार सातै प्रदेशको भेला राखेको हो ।

प्रकाशित मिति : ८ पुस २०७७, बुधबार  ६ : २० बजे

प्रधानमन्त्री बालेन्द्रको कूटनीतिक ‘यू-टर्न’, भारतीय राजदूतसँग पहिलो एकल भेट

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले नेपालका लागि भारतीय राजदूत नवीन

अर्थमन्त्री वाग्लेले बहुराष्ट्रिय २० ठूला करदाता कम्पनीका प्रतिनिधिसँग छलफल गर्दै

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज नेपालमा लगानी गरेका

गुह्येश्वरीमा दैनिक तीन करोड २४ लाख लिटर फोहर पानी प्रशोधन

काठमाडौं । गुह्येश्वरी फाँटस्थित गुह्येश्वरी ढल प्रशोधन केन्द्रले दैनिक तीन

रासायनिक मलको सहज आपूर्ति सुनिश्चित गर्न प्रचण्डको सरकारसँग आग्रह

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रोपाइँ

बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

चितवन । महोत्तरीबाट काठमाडौंतर्फ गइरहेको बसले खैहरनी नगरपालिका–१ शाहीचोकमा आज