२२ आश्विन २०८३, बिहिबार | October 8, 2026

बुटवल उद्योग वाणिज्य संघको निर्वाचन : टंकप्रसाद गैरे नेतृत्वको प्यानल चुनावी मैदानमा



बुटवल । बुटवल उद्योग वाणिज्य संघ, रूपन्देहीको २६औँ अधिवेशनका लागि टंकप्रसाद गैरे नेतृत्वको प्यानल चुनावी मैदानमा उत्रिएको छ । ‘परिणाममुखी संयुक्त नेतृत्व, समृद्ध बुटवलको साझा प्रतिबद्धता’ नारासहित प्यानलले बिहीबार पदाधिकारी तथा सदस्य उम्मेदवारहरूको समूह सार्वजनिक गर्दै १० बुँदे प्रतिबद्धतापत्रसमेत सार्वजनिक गरेको हो ।

सम्पूर्ण उद्योगी-व्यवसायीको हित र समृद्धिलाई प्राथमिकतामा राख्दै अघि बढेको प्यानलमा अध्यक्षमा टंकप्रसाद गैरे, वरिष्ठ उपाध्यक्षमा विमलराज भट्टराई, उद्योग उपाध्यक्षमा दिनेश श्रेष्ठ, वाणिज्य उपाध्यक्षमा मुक्ति प्रसाद अधिकारी, महासचिवमा जमुना पौडेल, सचिवमा काशीराम शर्मा पौडेल, कोषाध्यक्षमा टीकाराम बञ्जाडे र सह-कोषाध्यक्षमा जाकिर हुसैन उम्मेदवार रहेका छन् ।

एसोसिएट सदस्यतर्फ बालकृष्ण पौडेल उम्मेदवार छन् । उद्योगतर्फका सदस्यमा दीपक बास्तोला, गोपाल टण्डन, प्रविण गोविन्द श्रेष्ठ र सुनिता अर्याल रहेका छन् ।

वाणिज्यतर्फ मनिषकुमार हयोजु, मिलनकुमार भारी, राजेश भट्टराई र सुनिता गिरी उम्मेदवार छन् । महिला सदस्यतर्फ सुकमाया श्रेष्ठ ध्वजु (सीता) र सुष्मा केसी तथा खुलातर्फ विजयकुमार वर्णवाल, ज्ञानप्रसाद खनाल, गणेशप्रसाद सेढाई, जनक श्रेष्ठ, गोपाल बस्याल, सुशीलप्रसाद श्रेष्ठ र ठाकुर घिमिरे उम्मेदवार रहेका छन् ।

प्यानलद्वारा सार्वजनिक प्रतिबद्धतापत्रमा बुटवल ऐतिहासिक व्यापारिक केन्द्र भए पनि बढ्दो व्यावसायिक लागत, बजारको मन्दी, अव्यवस्थित पूर्वाधार, नीतिगत अस्पष्टता र अस्वस्थ प्रतिस्पर्धाका कारण उद्योगी-व्यवसायीहरू चुनौतीपूर्ण अवस्थाबाट गुज्रिरहेको उल्लेख गरिएको छ । संघलाई केवल औपचारिक संस्थामा सीमित नराखी हरेक उद्योगी-व्यवसायीको भरोसायोग्य साथी र समस्या समाधानको साझा मञ्चका रूपमा विकास गर्ने प्यानलले जनाएको छ ।

प्यानलले संयुक्त तथा समावेशी नेतृत्व, उद्योगी-व्यवसायीको सम्मान र संरक्षण, व्यवसायमैत्री नीति तथा वातावरण निर्माण, लगानी र उद्योगको सुरक्षा तथा बुटवलको पूर्वाधार विकासलाई प्राथमिकतामा राखेको छ । त्यसैगरी बजार विस्तार र प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि, डिजिटल तथा आधुनिक व्यवसायको प्रवर्द्धन, युवा तथा महिला उद्यमशीलतामा पहुँच विस्तार, पर्यटन तथा स्थानीय अर्थतन्त्रको विकास र संस्थालाई पारदर्शी तथा परिणाममुखी ढंगले सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ ।

‘आश्वासन होइन परिणाम, व्यक्ति होइन संस्था, एकल नेतृत्व होइन संयुक्त नेतृत्व’ भन्ने संकल्पसहित समृद्ध बुटवल निर्माणका लागि नयाँ सोच र साझा प्रयासमा अघि बढ्ने भन्दै प्यानलले सम्पूर्ण उद्योगी-व्यवसायीलाई अमूल्य मत दिएर विजयी गराउन अपिल गरेको छ ।

प्रकाशित मिति : २२ आश्विन २०८३, बिहिबार  ८ : २० बजे

नेपाली सेनालाई बेलायतमा भएको ‘क्यामब्रेन पट्रोल २०२६’ मा स्वर्ण पदक

काठमाडौँ । नेपाली सेनाले बेलायतमा सम्पन्न अन्तरराष्ट्रिय सैनिक अभ्यास ‘एक्सरसाइज

बूढानिलकण्ठबाट २१ किलो बढी सुन बरामद

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठबाट २१ किलो बढी सुन बरामद भएको

बुटवल उद्योग वाणिज्य संघको निर्वाचन : टंकप्रसाद गैरे नेतृत्वको प्यानल चुनावी मैदानमा

बुटवल । बुटवल उद्योग वाणिज्य संघ, रूपन्देहीको २६औँ अधिवेशनका लागि

‘अनलाइन’बाट बिजुलीको बिल तिर्ने ग्राहकलाई अब विशेष सुविधा

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले बिजुलीको बिल ‘अनलाइन’बाट तिर्ने ग्राहकलाई

११ दिनमै मर्मतपछि राहुघाटबाट विद्युत उत्पादन पुनः सुरु

काठमाडौं। असोज ११ गते कालीगण्डकी नदीमा आएको बाढीले क्षति पुर्याएको