३ असार २०८३, बुधबार | June 17, 2026

जेसिबीले खन्दै गर्दा घरमाथी ढुंगा खस्यो, १ महिने बालकको मृत्यु



कावासोती । नवलपरासी (वर्दघाट सुस्तापूर्व) जिल्लाको हुप्सेकोट गाउँपालिका २ गैंडाखोला जमुनेबाँधमा जेसिबीले खन्दै गर्दा घरमाथी खसेको ढुंगा लागेर एक महिने बालकको मृत्यु भएको छ ।

हुप्सेकोटको जमुनेबाँध स्थित शोभा परियारको घडेरीमा खन्दै गरेको लु १ क ४२२३ नम्बरको जेसिबीले ढुंगा पल्टाउने क्रममा ५० मिटर तल रहेको पहल सिंह परियारको घरमाथी ढुंगा परेको थियो ।

ढुंगाले घरको गाह्रो भत्कन गई कोठा भित्र रहेका १ महिने बालक रेमन परियारको बुधबार साँझ घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी प्रहरी नायब उपरिक्षक मोहन बहादुर खाँणले जानकारी दिए ।

पहल सिंह परियारकी बुहारी २२ वर्षकी ज्योती परियारले सो बेला घरभित्र आफ्नै १ महिनाको छोरा रेमनलाई तेलले सेक्दै गर्दा ढुंगाले लागेको जनाईएको छ ।

ज्योती परियार घाईते भएको र उनको मध्यविन्दु जिल्ला अस्पताल डण्डामा सामान्य उपचार पश्चात थप उपचारको लागी भरतपुर अस्पताल चितवन पठाईएको प्रहरीले जनाएको छ । उनको टाउको, छाती र हातमा चोट लागेको छ ।

मृतक बच्चाको प्रारम्भिक अनुसन्धान पश्चात शव परीक्षणका लागी मध्यबिन्दु जिल्ला अस्पताल डण्डा पठाईएको छ । घटनाका विषयमा थप अनुसन्धान भईरहेको प्रहरी नायब उपरिक्षक मोहन बहादुर खाँणले जानकारी दिए ।

प्रकाशित मिति : ९ पुस २०७७, बिहिबार  २ : ४७ बजे

विपक्षी दलले उठाए सभामुख अर्यालमाथि प्रश्न

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले सीमा विवादबारे दिएको अभिव्यक्ति सच्याउन

नेपाल टेलिभिजनको समान खरिद प्रकरण : चार सदस्यीय छानबिन समिति गठन

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले सार्वजनिक सेवा प्रसारण संस्था

खुकुरी देखाएर युवतीलाई यातना दिने युवक लागुऔषधसहित पक्राउ

दाङ । खुकुरी देखाएर युवतीलाई यातना दिइरहेको भिडियो सार्वजनिक भएपछि

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको

कृषि विश्वविद्यालयमा १६ वर्षमा पाँच हजार ९०६ विद्यार्थी उत्तीर्ण

चितवन । कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरबाट १६ वर्षमा