१५ माघ २०८२, बिहिबार | January 29, 2026

जेसिबीले खन्दै गर्दा घरमाथी ढुंगा खस्यो, १ महिने बालकको मृत्यु



कावासोती । नवलपरासी (वर्दघाट सुस्तापूर्व) जिल्लाको हुप्सेकोट गाउँपालिका २ गैंडाखोला जमुनेबाँधमा जेसिबीले खन्दै गर्दा घरमाथी खसेको ढुंगा लागेर एक महिने बालकको मृत्यु भएको छ ।

हुप्सेकोटको जमुनेबाँध स्थित शोभा परियारको घडेरीमा खन्दै गरेको लु १ क ४२२३ नम्बरको जेसिबीले ढुंगा पल्टाउने क्रममा ५० मिटर तल रहेको पहल सिंह परियारको घरमाथी ढुंगा परेको थियो ।

ढुंगाले घरको गाह्रो भत्कन गई कोठा भित्र रहेका १ महिने बालक रेमन परियारको बुधबार साँझ घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी प्रहरी नायब उपरिक्षक मोहन बहादुर खाँणले जानकारी दिए ।

पहल सिंह परियारकी बुहारी २२ वर्षकी ज्योती परियारले सो बेला घरभित्र आफ्नै १ महिनाको छोरा रेमनलाई तेलले सेक्दै गर्दा ढुंगाले लागेको जनाईएको छ ।

ज्योती परियार घाईते भएको र उनको मध्यविन्दु जिल्ला अस्पताल डण्डामा सामान्य उपचार पश्चात थप उपचारको लागी भरतपुर अस्पताल चितवन पठाईएको प्रहरीले जनाएको छ । उनको टाउको, छाती र हातमा चोट लागेको छ ।

मृतक बच्चाको प्रारम्भिक अनुसन्धान पश्चात शव परीक्षणका लागी मध्यबिन्दु जिल्ला अस्पताल डण्डा पठाईएको छ । घटनाका विषयमा थप अनुसन्धान भईरहेको प्रहरी नायब उपरिक्षक मोहन बहादुर खाँणले जानकारी दिए ।

प्रकाशित मिति : ९ पुस २०७७, बिहिबार  २ : ४७ बजे

महोत्तरी-१ का मतदाताको मुख्य चासो : नदी नियन्त्रण र वन संरक्षण

महोत्तरी । जिल्लाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर–१ मा चुनावी चहलपहल

स्कुटर दुर्घटनामा युवतीको मृत्यु

दमौली । पृथ्वीराजमार्गअन्तर्गत म्याग्दे गाउँपालिका–१ गुणादीमा आज बिहान स्कुटर दुर्घटना

काठमाडौंको मुलपानीमा प्रहरीद्वारा गोली प्रहार, लुटपाटमा संलग्न १० जना पक्राउ

काठमाडौं । काठमाडौंको मुलपानी क्षेत्रबाट प्रहरीले गोली प्रहार गर्दै लुटपाटमा

मधेसको बदलिँदो राजनीतिक परिदृश्य, युवा उम्मेदवारको लर्को

धनुषा । मधेस प्रदेशको राजनीतिक परिदृश्य यसपटक केही फरक देखिएको

पाल्पामा २९ मतदानस्थल ‘अति संवेदनशील’

तानसेन । जिल्ला सुरक्षा समितिले दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको