नवलपुर । नवलपुरको कावासोती-३ सभापति चोकमा भएकाे सवारी दुर्घटनामा परी गएराति १ जना पैदल यात्रीकाे मृत्यु भएकाे छ ।
दिल्लीबाट काठमाडौंका लागि छुटेको लु २ ख ६८३३ नम्बरको बसको ठक्करबाट गएराति १ जना पैदल यात्री गम्भीर घाइते भएका थिए।
दुर्घटनामा घाईते कावासोती ३ निवासी ७० बर्षीय मानबहादुर सुनारकाे गएराति उपचारकाे क्रममा चितवनमा मृत्यु भएकाे हाे ।
बस र बस चालक प्रहरी नियन्त्रणमा रहेकाे प्रहरीले जनाएकाे छ ।
प्रतिक्रिया