७ चैत्र २०८२, शनिबार | March 21, 2026

सहि सुचना र तथ्याङ्क विना श्रम बजारको विकास हुन सक्दैन : प्रदेश प्रमुख यादव



बुटवल । लुम्बिनी प्रदेशका प्रदेश प्रदेश प्रमुख धर्मनाथ यादवले कुनै पनि क्षेत्रको विकास सहि सूचना र तथ्याङ्क विना हुन नसक्ने बताएका छन् । बुटवलमा सुरु गरिएको श्रम बजार सूचना प्रणाली विकास परियोजनाको सुभारम्भ गर्दै प्रदेश प्रमुख यादवले सिपको क्षमता र मागलाई व्यवस्थित गर्न नीति क्षेत्रको भूमिका महत्वपूर्ण हुने विश्वास व्यक्त गरे ।

उनले उपलब्ध जनशक्तिको प्रयोग र सहि परिचालनका लागि सुरु गरिएको परियोजनाले नेपालको औद्योगिक विकासमा टेवा पुग्ने विश्वास व्यक्त गर्दै परियोजनाको सफलताले औद्योगिक क्षेत्रमा श्रमको अभावलाई पूर्ति गर्ने र दक्ष जनशक्तिको उत्पादन स्वदेशमै हुने ग्यारेन्टी दिने बताए । प्रमुख यादवले पारियोजनाको सफलताबाट नेपाली श्रम वजारमा रहेको बैदेशिक निर्भरतालाई कमी गर्न सफलता मिल्ने समेत बिश्वास राखे ।

कार्यक्रममा बोल्दै नेपाल उद्योग परिसंघका अध्यक्ष सतिस कुमार मोरले मुलुकभित्र औद्योगिक व्यवसायिक क्षेत्रले श्रम बजार सम्बन्धी आवश्यक तथ्याङ्क एवम् जानकारीको अभावमा भोग्नु परेको समस्यालाई परियोजनाले सम्बोधन गर्ने विश्वास व्यक्त गरे ।

उनले मुलुकको औद्योगिक विकासमा सहयोग पु-याउने, श्रम बजार सम्बन्धी सूचना प्रणालीलाई व्यवस्थित र भरपर्दो बनाउने, उद्योग प्रतिष्ठानहरूको लागि आवश्यक दक्ष जनशक्ति उपलब्ध गराउन प्रत्याभुति दिलाउने, रोजगारी सृजना गर्ने, श्रम बजार सम्बन्धी तथ्याङ्क प्रणालीको विकास गर्ने कार्यमा परियोजना एक कोशेढुंगा सावित हुने पनि बताए ।

अध्यक्ष मोरले परियोजनाबाट श्रम बजारसग सम्बन्धित सरकारको नीति निर्माण एवं कार्यक्रममा सघाउ पुग्नुको साथै उद्योग व्यवसाय क्षेत्रका लागि आवश्यक दक्ष जनशक्ति उत्पादनमा समेत मद्दत गर्ने धारणा राखे ।

कार्यक्रममा उद्योग ब्यवसाय सम्बद्ध रुपन्देहीका ििभन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।

प्रकाशित मिति : १० पुस २०७७, शुक्रबार  ८ : ४२ बजे

आज ‘इद उल फित्र’, इस्लाम धर्मालम्बीहरुले धुमधामका साथ ‘इद’ मनाउँदै

काठमाडौं । देशभरका इस्लाम धर्मावलम्बीले आज इद(उल फित्र (इद) मनाउँदै

कांग्रेस बैठकमा उपसभापति शर्माको चुनावी समीक्षा प्रतिवेदन प्रस्तुत (पूर्णपाठ)

काठमाडौं । नेपाली कांग्रेसका उपसपभाति एवं केन्द्रीय निर्वाचन परिचालन समितिका

मन्त्रीहरूद्वारा नयाँ संसद् भवन परिसरमा वृक्षारोपण

काठमाडौँ । सिंहदरबार परिसरमा निर्माणाधीन सङ्घीय संसद् भवन क्षेत्रमा आज

नबिल बैंकद्वारा जनकपुरस्थित मानवसेवा आश्रमलाई सेवा वाहन (अटो) सहयोग

काठमाडौं । नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई सेवा

चट्याङ लागेर गुल्मीका छ जना घाइते

गुल्मी । वर्षासँगै परेको चट्याङ लागेर जिल्लाका विभिन्न स्थानका छ