१२ श्रावण २०८१, शनिबार | July 27, 2024

सरकारलाई आगामी बजेट उद्योगमैत्री बनाउन उद्योग परिसंघमार्फत रुपन्देहीका उद्योगीले बुझाए यस्ता सुझाव



रुपन्देही । रुपन्देहीका उद्योगीव्यवसायीहरुले आगामी आर्थिक वर्ष ०८१/८२को बजेटमा उद्योग क्षेत्र सुधारका लागि गरिनुपर्ने विषयहरुलाई सुझावका रुपमा समेट्न नेपाल उद्योग परिसंघमार्फत सरकारलाई आग्रह गरेका छन् । परिसंघले सरकारले आगामी बजेटका विषयमा समेट्नुपर्ने सुझाव माग गरेपछि प्रदेश र जिल्ला तहमा रहेका उद्योगी व्यवसायीहरु समक्ष सुझाव लिने क्रममा पहिलो पटक रुपन्देहीबाट सुरु गरेको हो ।

उनीहरुले अनुत्पादक क्षेत्रमा लगानी बढाएर उत्पादनमूलक उद्योग प्राथमिकतामा नपारेको, चर्को ब्याज दरका कारण धरासायी भएको, सिंगो ब्यवस्था नै उद्योगमैत्री नरहेको र कर्जा भुक्तानीमा पनि समस्या रहेको बताएका छन् ।

उनीहरुले बैंक तथा वित्तीय संस्थाहरुले कम्तिमा ६० प्रतिशत लगानी उत्पादनमुलक क्षेत्रमा गर्नुपर्ने, महिला सुविधा कर्जा युवा उद्यमशिलता कर्जा, पुनकर्जाजस्ता कर्जाहरु विशेष गरी उत्पादनशील क्षेत्रमा प्राथमिकता दिनुपर्ने, उद्योग क्षेत्रमा गरिने ऋण लगानीको ब्याजदर १ अंकीय हुनुपर्ने, उद्योगमा गरिने लगानीको ब्याजदर बेस रेटको आधारमा कायम गर्नुपर्ने, उद्योगीहरुले एलसी खोल्दा बखत राख्नुपर्ने १० प्रतिशतसम्म मार्जिन नगद रकम बिना ब्याज बैंकमा राख्नुपर्ने व्यवस्था अन्यायपूर्ण रहेकाले हटाउनुपर्ने, उद्योगीको रकम होल्ड गरिने र सो रकम कर्जाबाट होल्ड भएमा उद्योगीले ब्याज तिर्नुपर्ने व्यवस्था व्यवहारिक नभएकाले हटाउनुपर्ने र एलसीवापत जम्मा हुने रकम कर्जा वा बचत खातामा होल्ड गर्ने व्यवस्था गर्नुपर्ने तथा हालको विषम परिस्थितिलाई मध्यनजर गरी उद्योगहरुको विक्री क्षमता बृद्धि गर्न बैंकहरुले सरल रुपमा कर्जा प्रवाह गरी कर्जा भुक्तानीको समय सिमा स्वतः बृद्धि गर्दै लगेर चालु पूँजी कर्जा तत्काल लागू गर्न नहुने व्यवस्था समेट्न पहल गर्न आग्रह गरेका छन् ।

उद्योगीहरुले स्वदेशी लगानी बृद्धि हुँदा राष्ट्रिय अर्थतन्त्र मजबुद हुने, स्थानीय उद्योगी आत्मनिर्भर भए मात्रै स्थानीय अर्थतन्त्रको निर्माण हुने विषयमा ध्यान दिन आग्रह गरेका छन् । पूर्वाधार एवं नीतिगत सुधार गरेर अहिले भएका भन्सार नीति उद्योगीमैत्री बनाउन पहल गर्न उनीहरुले परिसंघका प्रतिनिधिलाई आग्रह गरेका हुन् ।

आयुवेृर्द उद्योग संघका केन्द्रीय उपाध्यक्ष चन्द्रकान्त खनालले जडीबुटी आयातमा भन्सार थपिएको तर औषधीमा भन्सार नलागेकोले यहाँको उद्योगी कमजोर भएको बताए । उद्योगी रामप्रसाद बस्यालले नेपाल हेलमेट उद्योगमा आत्मनिर्भर हुने अवस्था भएकाले ४५ प्रतिशत भन्सार लगाउनुपर्ने सुझाए ।

रुपन्देही उद्योग संघका अध्यक्ष दिलिप सापकोटाको अध्यक्षता र महासचिव हिरामणी भट्टराईको संचालनमा भएको कार्यक्रममा नेपाल उद्योग परिसंघका केन्द्रीय उपाध्यक्ष रोहित गुप्ताले सरकारले आग्रह गरेअनुसार बजेट बनाउनु समयअगावै मागिएका सुझावका लागि सबै प्रदेश र जिल्लाबाट सुझाव संकलन थालिएको र पहिलोपटक रुपन्देही आएको जानकारी दिए । उनले परिसंघले उद्योगमैत्री बजेट बनाउन निरन्तर दवाव दिने, आवश्यक ऐनकानुन निर्माण र शंशोधनको लागि वकालत गर्ने काम गरिरहेको उनले बताए ।

कार्यक्रममा परिसंघका प्रदेश उपाध्यक्ष बाबुराम बोहोरा, उद्योगीहरु कृष्ण पराजुली, यादव भण्डारी, युवराज आचार्य, राजु घिमिरे, मिना थापालगायतले बजेटमा समेट्नुपर्ने सुझाव परिसंघको टोलीलाई दिएका थिए ।

प्रकाशित मिति : १२ माघ २०८०, शुक्रबार  ५ : २९ बजे

भोजपुरको होम्ताङमा घरघरमा बुनिन्छ नाङ्लो

भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिका होम्ताङका स्थानीयले परम्परागत पुख्र्यौंली पेसा

किन बढ्दै छ आइभिएफ ?

काठमाडौँ । सन् १९७८ जुलाई २५ रातको करिब ११स् ३०

बीआरआईमा तिब्बतको महत्वपूर्ण भूमिका

सन् २०२१ को जुलाईमा चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) को केन्द्रीय

चितवनमा ५१ जनामा डेङ्गु सङ्क्रमण

चितवन । चितवनमा ६४ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ ।

‘विश्वभर २३३ करोड मानिस नियमित पर्याप्त खाना पाउन संघर्ष गर्दै’

काठमाडौँ । विश्वका प्रत्येक ११औं व्यक्ति भोकसँग संघर्ष गरिरहेका छन्