१ पुस २०८२, मंगलबार | December 17, 2025

प्रतिनिधिसभा विघटनलाई अदालतले असंवैधानिक भन्नेछ : प्रचण्ड



काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाको प्रचण्ड–नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभा विघटनबारे अदालतले सही फैसला गर्ने अपेक्षा गरेका छन् ।

पार्टी केन्द्रीय कमिटीको निर्णयहरु सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले अदालतप्रति आफुहरुको भरोसा रहेको बताए ।

प्रचण्डले अदालतले सरकारले गरेको प्रतिनिधिसभा विघटनलाई अदालतले असंवैधानिक छ भन्ने फैसला गर्ने उनले विश्वास व्यक्त गरे ।

अध्यक्ष प्रचण्डले संविधान विपरित प्रतिनिधिसभा विघटन गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रको हत्या प्रयास गरेको गणतन्त्रलाई धरापमा पारेको आरोप लगाए । उनले भने ‘निर्ममतापूर्वक लोकतन्त्रको हत्या गर्न खोजिएको छ । संविधानमा हुँदै नभएको अधिकार प्रयोग गरेर असंवैधानिक र निरंकुशता झल्कने प्रष्ट संकेत साथ प्रतिनिधिसभा विघटन गरिएको छ। त्यतिबेला गणतन्त्र असम्भव छ भन्ने हाम्रा प्रधानमन्त्री गणतन्त्र धरापमा पार्ने कामको पहल गर्नुभयो।’

अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीको असंवैधानिक कदमविरूद्ध आज प्रदर्शन गरेको बताउँदै अझै शशक्त आन्दोलनमा जानुपर्ने अवस्था आउने जनाए । उनले सरकारको कदम विरुद्ध नेपाली कांग्रेस र जसपासँग पनि सहकार्य गरी संयुक्त रूपमा आन्दोलनमा जाने बताए ।

प्रचण्डले आफुहरु नै आधिकारिक नेकपा भएको दाबी गरे । प्रचण्डले आफ्नो पक्षमा २९५ जना केन्द्रीय सदस्य रहेको प्रमाण हस्ताक्षर आज निर्वाचन आयोगमा बुझाएको पनि बताए । ओलीले जम्मा एक सय जना केन्द्रीय सदस्य भेला गरेर ११९९ केन्द्रीय सदस्य विस्तार गरेर अनैतिक र लज्जास्पद काम गरेको पनि प्रचण्डले आरोप लगाए ।

प्रकाशित मिति : १० पुस २०७७, शुक्रबार  ३ : २४ बजे

अदालतको आदेश अलपत्र परेपछि सहकारी पीडितहरु आमरण तथा रिले अनशनमा

नेपालगन्ज । सहकारी वित्तीय संस्था लिमिटेड, नेपालगन्जका बचतकर्ताहरुले अदालतको आदेश

नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम

नेपालगन्ज । शेयर बजारका लगानीकर्ताका लागि यहाँ शेयर साक्षरता सुरु

निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्यो : निर्वाचन आयोग

काठमाडौँ । निर्वाचन आयोग नेपालका कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले

एमाले मतदान पटक पटक सारिँदै, भोलि ८ बजे मतदान सुरु हुने

काठमाडौं । एमालेको नेतृत्व चयनका लागि हुन लागेको मतदान प्रक्रिया

योजना आयोगका नवनियुक्त उपाध्यक्षबाट प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष