१४ बैशाख २०८१, शुक्रबार | April 26, 2024

भेरी अस्पतालको कोरोना विशेष वार्डको बेड संख्या १ सय ६२ पुग्यो, आज थपियो ९० सुबिधा सम्पन्न बेड



नेपालगन्ज । बाँके स्थित भेरी अस्पतालको कोरोना वार्डमा वेड संख्या १ सय ६२ पुगेको छ । आज ९० शैयाको कोरोना विशेष वार्ड सन्चालनमा आएपछि भेरी अस्पतालमा कोरोना बिरामीहरका लागि बेडको संख्या १ सय ६२ पुगेको हो ।

कोरोना भाइरसका बिरामीहरुको उपचारकालागि भेरी अस्पतालमा थप ९० शैयाको वार्ड आजबाट संचालनम आएको छ । खजुरा स्थित क्यान्सर अस्पतालको आइसोलेसन बन्द गरेर भेरी अस्पतालमा ७२ शैयाको कोरोना वार्डको व्षस्थापन गरि संचालन हुँदै आएको थियो ।

थपिएको ९० बेड सहितको कोरोना वार्डको शुक्रबार जिल्ला समन्वय समिति बाँकेका संयोजक अजय श्रीवास्तवले उद्घाटन गरेका छन । जिल्ला समन्वय समिति र जिल्लाका ८ वटै स्थानीय पालिकाहरुको एक करोडको लगानीमा कोरोना वार्ड सन्चालनमा आएको हो । कोरोना वार्ड संचालनकालागि जिल्ला समन्वय समितिले ७५ लाख, नेपालगन्ज उपमहानगरपालिकाले ६ लाख २५ हजार, कोहलपुर नगरपालिकाले ३ लाख ७५ हजार, तथा नरैनापुर, डुडुवा, खजुरा, जानकी, राप्तीसोनारी र बैजनाथ गाउँपालिकाले समान २ लाख ५० हजार आर्थिक सहयोग उपलब्ध गराएका थिए ।

शुक्रबारदेखी संचालनमा आएको उक्त वार्डका सबै शैयामा अक्सिजनको सुविधा उपलब्ध भएको कोभिड विशेष अस्पतालका संयोजक डा श्याम सुन्दर यादवले जानकारी दिए । भेरी अस्पताल पश्चिम नेपालकै सबैभन्दा ठुलो अस्पतालका रुपमा रहँदै आएको छ ।

प्रकाशित मिति : १० पुस २०७७, शुक्रबार  ९ : ५६ बजे

अमेरिकी विदेशमन्त्री ब्लिन्कन र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता

काठमाडौं । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्कनले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग

युवा उद्यमी मञ्च रुपन्देहीको आयोजानमा पहिलो ‘बिटुबि कन्टेक्ट २०२४’

बुटवल । नेपालमै पहिलो पटक रुपन्देहीमा शनिवार (भोली)’बिटुबि कन्टेक्ट २०२४’

निरजलाई सूर्य नेपाल काठमाडौं ओपनको उपाधि

काठमाडौं । कोर्स रेकर्ड बराबरी गर्दै समग्रमा ८-अन्डर २ सय

भुतुङ्ग-छापचौर तराई सम्पर्क समाजको शुभकामना आदान प्रदान

बुटवल । भुतुङ्ग-छापचौर तराई सम्पर्क समाजको आयोजनामा शुभकामना आदान प्रदान

जनताका मुद्धालाई केन्द्रमा राख्दै कम्युनिष्ट आन्दोलनलाई एकतातर्फ लैजानुपर्छ : अध्यक्ष नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार