१६ श्रावण २०८३, शनिबार | August 1, 2026

आजको मौसम : मुलुकभर पश्चिमी वायुको आंशिक प्रभाव, तराईमा आज पनि हुस्सु



काठमाडौं । मुलुकभर आज पनि पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । पश्चिमी वायुको प्रभावले आज पनि तराईमा हुस्सु लागेको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार तराईमा तापक्रम घट्ने र हुस्सु लाग्ने क्रम जारी छ । तराईमा हुस्सु र कुहिरोको प्रभाव बाहेक अन्यत्रको मौसममा उल्लेख्य बदली नरहेको महाशाखाले जनाएको छ ।

आज दिउँसो प्रदेश १ र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहनेछ । आजै राति गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम आंशिक बदली रहने महाशाखाले जनाएको छ ।

चिसो रहिरहने भएकाले तराई र पहाडी भू-भागका केही स्थानमा बिहानीपख हुस्सु र कुहिरोको कारणले वायुको पारदर्शितामा कमी भइ सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकाले सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ ।

प्रकाशित मिति : ११ पुस २०७७, शनिबार  ७ : १५ बजे

कांग्रेस संस्थापन इतरद्वारा राष्ट्रिय भेलाका लागि ५५१ सदस्यीय मूल आयोजक समिति गठन

काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर समूहले आगामी राष्ट्रिय भेलालाई व्यवस्थित

सेवाग्राहीको चाप व्यवस्थापन गर्न बिदाका दिन पनि राहदानी सेवा सञ्चालन

काठमाडौं । सेवाग्राहीको बढ्दो चापलाई व्यवस्थापन गर्न राहदानी विभागले दुई

‘ग्यासको आपूर्ति नियमित छ, अभाव छैन’

काठमाडौँ । खाना पकाउने एलपी ग्यासको बिक्रीलाई व्यवस्थित बनाउन नेपाल

सरकारको ९ बुँदे निर्णय खारेज गर्न साहु-महाजनको माग, बुझाए ज्ञापन पत्र

रौतहट । सरकारले मिटर ब्याजसम्बन्धी गरेको ९ बुँदे निर्णय एकतर्फी,

२५ करोडभन्दा कम लागतका उद्योगको सिफारिस प्रदेशबाटै

काठमाडौं । उद्योग विभागले स्थिर पुँजी रु २५ करोडभन्दा कम