२६ आश्विन २०८३, सोमबार | October 12, 2026

रास्वपा सभापति लामिछानेले फेरि बोलाए सर्वदलीय बैठक, यस्ता छन् एजेन्डा



काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सर्वदलीय बैठक आह्वान गरेका छन्। उच्चस्तरीय राजनीतिक संयन्त्र गठनको विषयमा छलफल गर्न उनले सर्वदलीय बैठक बोलाएका हुन् ।

रास्वपा प्रवक्ता जगदीश खरेलले सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा बुधबार बिहान ११ बजे शीर्ष नेतृत्वबीचको सर्वदलीय बैठक बस्न लागेको जानकारी दिए। सामान्यतया संसदीय व्यवस्थामा राष्ट्रिय महत्वका विषयमा छलफल गर्न प्रधानमन्त्रीबाट सर्वदलीय बैठक आह्वान गर्ने परम्परा रहेपनि पछिल्लो अभ्यासमा रास्वपा सभापति लामिछानेले बैठक आह्वान गर्दै आएका छन् ।

प्रवक्ता खरेलका अनुसार बैठकमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनको लागि उच्चस्तरीय राजनीतिक संयन्त्र गठन लगायतका विषयमा छलफल हुनेछ। अघिल्लो बैठकमा संयन्त्र निर्माणको सहमति भएपनि प्रधानमन्त्री वालेन्द्र शाहको अनिच्छाका कारण गठन हुन नसकेको स्रोतहरुको दाबी छ ।

यसअघि बसेको सर्वदलीय बैठकमा उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउने समझदारी गरिए पनि हालसम्म संयन्त्र बन्न सकेको छैन। सोही विषयमा छलफल गर्न बुधबार बैठक बोलाइएको प्रवक्ता खरेलले जानकारी दिए। लामिछानेले सुनसरीको कप्तानगन्जमा फैलिएको साम्प्रदायिक हिंंसाका बेला पनि सर्वदलीय बैठक बोलाएका थिए ।

प्रकाशित मिति : ३० भदौ २०८३, मंगलबार  ९ : २३ बजे

पेसागत सफलतामा पहिलो मानक नैतिकता, निष्ठा र इमानदारीपन चाहिन्छ : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले कुनै पनि पेसागत सफलताका लागि

२१ सयले सस्तियो सुनको भाउ

काठमाडौँ । नेपाली बजारमा सोमबार सुनचाँदी दुवैको मूल्य घटेको छ

विदेशको अनुभव, स्वदेशमा शैक्षिक परामर्श

बुटवल । दक्षिण कोरियामा करिब आठ वर्ष बिताएर स्वदेश फर्किएका

सहरको स्वादका लागि छुट्छ हिमालको दसैँ-तिहार

बझाङ । घरमा आमा छिन । परिवार छ । आफन्त

म्याग्दीको भसभसेमा सडक भासिदा यातायात सञ्चालनमा समस्या

म्याग्दी । बेनी नगरपालिका-२ स्थित भसभसेको पहिरो म्याग्दी र मुस्ताङलाई