३० कार्तिक २०८२, आइतबार | November 16, 2025

प्रचण्ड र वामदेवबीच एक हप्तापछि भेट, के भयो छलफल ?



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विवादमा तटस्थ जस्तै देखिएका उपाध्यक्ष वामदेव गौतम र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।

शनिबार बिहान अध्यक्ष प्रचण्डलाई भेट गर्न उपाध्यक्ष गौतम प्रचण्ड निवास खुमलटार पुगेका थिए ।

दुई नेताबीचको भेटमा संसद विघटन र पार्टी विभाजनबारे छल।ल भएको बताइएको छ ।

गौतमले आफु संसद विघटनको विरोधमै रहेको बताएका थिए । तर,  अझै पनि पार्टी एकतालाई बचाउन प्रयत्न गर्नुपर्ने उनले बताएको स्रोतले बताएको छ ।

अध्यक्ष प्रचण्डले पार्टीको संस्थापन पक्षमै रहन गौतमलाई आग्रह गरेको विश्लेषण गरिएको छ ।

गत शनिबार पनि प्रचण्डलाई भेट्न प्रधानमन्त्री ओली पुगेको खुमलटार पुगेकै समयमा गौतम समेत गएका थिए ।

त्यसको भोलिपल्ट पुष ५ गते ओलीले प्रतिनिधिसभा विघटन गरेका थिए । यसबीचमा नेकपामा औपचारिक रुपमा फुट आइसकेको छ । यद्यपी, यसको कानूनी वैधता मात्रै टुंगिन बाँकी छ ।

उपाध्यक्ष गौतमले प्रतिनिधिसभा विघटनको विरोध गरेका थिए । तर, उनले पार्टी विभाजन गर्ने कुनै पनि गुट बैठकमा सहभागी नहुने बताउँदै आएका छन् ।

पार्टी केन्द्रीय कमिटीको बैठक बस्नु अघि यहि पुष ७ गते माधव कुमार नेपाल, झलनाथ खनाल र नारायणकाजी श्रेष्ठले गौतमलाई भेट गरेका थिए । उनले त्यतिबेला आफुले अझै केहि दिन केही नबोल्ने बताएका थिए ।

 

 

 

प्रकाशित मिति : ११ पुस २०७७, शनिबार  ११ : ५८ बजे

लुम्बिनी प्रादेशिक अस्पतालको भौतिक प्रगति ३० प्रतिशत, दैनिक ३ सय जनशक्ति परिचालन

बुटवल । लुम्बिनी प्रदेश सरकारको गौरव आयोजना लुम्बिनी प्रादेशिक अस्पतालको

नौ सय ५७ ग्राम खैरो हिरोइनसहित चार जना पक्राउ

काठमाडौं । नेपाल प्रहरीले लागुऔषध खैरो हिरोइन ओसारपसार गरी बिक्री

पेरिसडाँडामा नेपाली कम्युनिष्ट पार्टीको बैठक

काठमाडौं । नेकपा (माओवादी केन्द्र), एकीकृत समाजवादी सहितका दलहरु मिलेर

मालढुङ्गा-बेनी सडक दैनिक ७ घण्टा बन्द हुने

पर्वत । म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने कालीगण्डकी करिडोरअन्तर्गत

हात्तीको बथान झापा प्रवेशः सुरक्षित रहन आग्रह

झापा । डिभिजन वन कार्यालय झापाले पूर्व–पश्चिम राजमार्गको उत्तर क्षेत्रमा