३१ भदौ २०८३, बुधबार | September 16, 2026

प्रचण्ड र वामदेवबीच एक हप्तापछि भेट, के भयो छलफल ?



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विवादमा तटस्थ जस्तै देखिएका उपाध्यक्ष वामदेव गौतम र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।

शनिबार बिहान अध्यक्ष प्रचण्डलाई भेट गर्न उपाध्यक्ष गौतम प्रचण्ड निवास खुमलटार पुगेका थिए ।

दुई नेताबीचको भेटमा संसद विघटन र पार्टी विभाजनबारे छल।ल भएको बताइएको छ ।

गौतमले आफु संसद विघटनको विरोधमै रहेको बताएका थिए । तर,  अझै पनि पार्टी एकतालाई बचाउन प्रयत्न गर्नुपर्ने उनले बताएको स्रोतले बताएको छ ।

अध्यक्ष प्रचण्डले पार्टीको संस्थापन पक्षमै रहन गौतमलाई आग्रह गरेको विश्लेषण गरिएको छ ।

गत शनिबार पनि प्रचण्डलाई भेट्न प्रधानमन्त्री ओली पुगेको खुमलटार पुगेकै समयमा गौतम समेत गएका थिए ।

त्यसको भोलिपल्ट पुष ५ गते ओलीले प्रतिनिधिसभा विघटन गरेका थिए । यसबीचमा नेकपामा औपचारिक रुपमा फुट आइसकेको छ । यद्यपी, यसको कानूनी वैधता मात्रै टुंगिन बाँकी छ ।

उपाध्यक्ष गौतमले प्रतिनिधिसभा विघटनको विरोध गरेका थिए । तर, उनले पार्टी विभाजन गर्ने कुनै पनि गुट बैठकमा सहभागी नहुने बताउँदै आएका छन् ।

पार्टी केन्द्रीय कमिटीको बैठक बस्नु अघि यहि पुष ७ गते माधव कुमार नेपाल, झलनाथ खनाल र नारायणकाजी श्रेष्ठले गौतमलाई भेट गरेका थिए । उनले त्यतिबेला आफुले अझै केहि दिन केही नबोल्ने बताएका थिए ।

 

 

 

प्रकाशित मिति : ११ पुस २०७७, शनिबार  ११ : ५८ बजे

ठमेलमा शान्ति भङ्ग गर्ने ३५ जनाविरुद्ध मुद्दा

काठमाडौँ । काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा सार्वजनिक मर्यादा एवं

अलमलमा नपरी कांग्रेस महाधिवेशनमा जुट्न सभापति थापाको आह्वान

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशनअन्तर्गत

ऋषिपञ्चमी पर्व मनाएसँगै सकियो तीज

काठमाडौँ । भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी आज

रास्वपा सभापति लामिछानेले फेरि बोलाए सर्वदलीय बैठक, यस्ता छन् एजेन्डा

काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सर्वदलीय बैठक

नेप्से परिसूचक ४८ दशमलव ५७ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज