१५ माघ २०८२, बिहिबार | January 29, 2026

तिलोत्तमाको शंकरनगरमा रहेको मणिप्रभा सहकारी मर्जरमा जाने



तिलोत्तमा । मणिप्रभा बचत तथा क्रण सहकारी संस्था तिलोत्तमा-३ शंकरनगर अन्य सहकारी संस्थासँग मर्जरमा जाने भएको छ ।

संस्थाको शनिबार आयोजित ११ औं वार्षिक साधारणसभाले यसैवर्ष उपयुक्त सहकारी संस्थासँग मर्ज गर्ने प्रस्ताव पारित गरेको हो ।

यसका लागि मर्जर कमिटीलाई साधारणसभाले अनुमोदन गरेको सहकारीका कार्यबाहक अध्यक्ष मानबहादजुर केसीले जानकारी दिए ।
साधारणसभाको उदघाटन गर्दै सहकारीका संस्थापक अध्यक्ष दिनेश फुल्लेलले कोभिड-१९ ले अन्य क्षेत्र जस्तैसहकारी क्षेत्र पनि प्रभावित भएको भन्दै सहकारी संस्थालाई बलियो बनाउन पनि मर्जर आवश्यक भएको बताए ।

उनले मर्जरका लागि उपयुक्त संस्थाको खोजी भैरहेको भन्दै अव मर्जर कमिटीले यसबारे गृहकार्य गरी थप प्रक्रिया अगाडि बढाउने बताए । उनले सदस्यहरुको हितलाई ध्यानमा राख्दै सहकारीले आर्थिक गतिविधि अगाडि बढाएको उल्लेख गर्दै यसबाट धेरै सदस्यहरु लाभान्वित भएको बताए ।

कार्यक्रममा वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै कार्यबाहक अध्यक्ष केसीले संस्थाले ल्याएका बचत योजनालाई प्रभावकारी ढंगले सञ्चालन गर्ने र नयाँ बचतका योजनाहरु ल्याइने बताए ।

कार्यक्रममा संस्थाका सल्लाहकार युवराज न्यौपाने, सचिव खगेश्वर भण्डारी, लक्ष्मण पाठकलगायतले क्रृण र बचतलाई मात्र प्राथमिकतामा नराखी उत्पादन बढाउने दिशातर्फ प्राथमिकता दिन आग्रह गरेका थिए । साधारण सभाका अवसरमा संस्थाका ज्येष्ठ सदस्य उमाकान्त भण्डारी र भगवती बस्याललाई दोसल्ला ओढाइ प्रमाणपत्रबाट सम्मान गरिएको थियो ।

२०६७ सालमा स्थापना भएको सहकारीको कुल शेयर पुँजी एक करोड २९ लाख ५६ हजार, निक्षेप संकलन ४ करोड ५१ लाख ८९ हजार ६१६ र क्रृण लगानी ५ करोड ३६ लाख ४१ हजार ५०८ रहेको छ । साधारणसभाले संस्थाको वार्षिक प्रतिवेदन, आर्थिक र लेखापरीक्षण प्रतिवेदन सर्वसम्मतरुपमा पारित गरेको छ ।

प्रकाशित मिति : ११ पुस २०७७, शनिबार  ४ : ०३ बजे

सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ लाई मधेस प्रदेशकै नमूना बनाउने सभापति थापाको आश्वासन

सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सर्लाही निर्वाचन क्षेत्र

सभापति लामिछाने अस्पतालबाट डिस्चार्ज

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपचारपछि अस्पतालबाट

निर्वाचन आचारसंहिता : १० दिनमा आयोगले सोध्यो २१ स्पष्टीकरण, जवाफ आठ वटाको मात्र

काठमाडौँ । निर्वाचन आचारसंहिता, २०८२ लागू भएपछिको १० दिनमा निर्वाचन

‘द ब्रिटिस कलेज अलुम्नाइ मिट २०२६’ कार्यक्रम सम्पन्न

काठमाडौ । द ब्रिटिश कलेजले आफ्ना पूर्वविद्यार्थीहरूलाई एकै थलोमा भेला

बुटवलमा ‘चौथो न्यू होराइजन कप’ अन्तर माध्यमिक छात्र भलिबल प्रतियोगिता सुरु

बुटवल । बुटवलमा ‘चौथो न्यू होराइजन कप अन्तर माध्यमिक विद्यालयस्तरीय