२२ आश्विन २०८३, बिहिबार | October 8, 2026

धौलागिरि अस्पतालको भवन निर्माणले गति लियो



बागलुङ । बागलुङमा तीन वर्षमा सक्नेगरी निर्माण थालिएको धौलागिरि अस्पतालको भवन निर्माणले सात वर्ष बितेपछि तीव्रता पाएको छ ।

धौलागिरि अस्पताल बागलुङको ‘सी’ ब्लक भवन निर्माण शुरु गरेको सात वर्षपछि बल्ल निर्माणले गति लिएको हो । पटक-पटक ठेकेदार कम्पनीले म्याद थप्दै सम्पर्कविहीन हुँदै आएको अस्पतालमा अहिले भने निरन्तर काम हुन थालेको छ ।

विसं २०७० असारमा तीन वर्षमा निर्माण सक्ने गरी शुरु भएको ४० कोठे अस्पताल भवन दुई पटक म्याद थप्दासमेत सम्पन्न हुन सकेको थिएन ।

निर्माण शुरु भएको सात वर्ष बितेपछि बल्ल अस्पताल निर्माणले अन्तिम रूप लिन थालेको अस्पताल व्यवस्थापन समितिले जनाएको छ ।
विसं २०६४ मा शुरु भएको ‘ए’ ब्लक र २०६६ सालमा शुरु भएको ‘बी’ निर्माण सम्पन्न भएर हस्तान्तरण भई सेवा प्रदान गरे पनि ‘सी’ ब्लक भने निर्माण शुरु भएको सात बर्ष बित्दासमेत अझै सम्पन्न नभएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केबी राना मगरले जानकारी दिए ।

‘अस्पताल व्यवस्थापन समितिको निरन्तरको दबाबपछि अहिले ठेकेदार कम्पनी आएर काम गरिरहेको छ’, रानाले भने, ‘ठेकेदारका पनि आफ्नै समस्या होलान् तर तीन वर्षमा सक्ने भवन आठ वर्षमा बल्ल सकिएला जस्तो छ ।’

तत्कालीन शहरी विकास तथा भवन डिभिजन कार्यालय बागलुङले २०६४ सालमा धौलागिरि अस्पतालमा सुविधा सम्पन्न भवन निर्माण गर्नका लागि ‘ए’, ‘बी’ र ‘सी’ खण्डमा विभाजन गरी छुट्टाछुट्टै मितिमा छुट्टाछुट्टै ठेक्का सम्झौता गरेको थियो ।

आगामी चैत मसान्तभित्र सबै काम सकेर हस्तान्तरण गर्ने ठेकेदारले प्रतिबद्धता गरेको अस्पताल व्यवस्थापन समितिका सदस्य शालिकराम शर्माले जानकारी दिए । अस्पतालको ‘ए’ ब्लक समयमै निर्माण सम्पन्न भए पनि ‘बी’ ब्लक भने १० वर्षमा मात्रै निर्माण सम्पन्न भएको थियो ।

ठेकेदार कम्पनीको उदासीनताका कारण अस्पताल भवनमा ढिलाइ भएको हो । हाल ५० शय्या क्षमताको अस्पताललाई गण्डकी प्रदेश सरकारले २०० शय्या क्षमताको उप–प्रादेशिक अस्पताल बनाउने घोषणा गरे पनि अस्पतलामा अझै भौतिक संरचना र जग्गाको अभाव रहँदै आएको छ ।

चारतला रहेको अस्पतालको अहिले उक्त भवनमा बाहिरी भाग प्लास्टर, खानेपानी, ढल तथा विद्युत्को काम भइरहेको छ । पछिल्लो चार महिनादेखि अस्पतालमा धमाधम काम भइरहँदा अस्पताल निर्माण चैतसम्म सकिने देखिएको छ ।

तीन वर्षमा निर्माण सक्ने गरी आशिष/मिलिनियम र भीम ज्योति जेभीले भवन निर्माणका लागि रु १० करोड छ लाख ६६ हजार ६५५ लाखमा अस्पतालको ‘सी’ ब्लक बनाउने जिम्मा लिएको अस्पतालले जनाएको छ । रासस

प्रकाशित मिति : १२ पुस २०७७, आइतबार  ८ : ५४ बजे

धान भित्र्याउने बेलाको खेत क्षणभरमै बगर बनेपछि…

म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका-५ छिस्वाङ खहरेका वीरबहादुर पुन आफ्नो

तनहुँ जलविद्युत् आयोजनाको भौतिक प्रगति ७८ प्रतिशत

दमौली । तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनामा

बेनी-जोमसोम-कोरला सडकः कुनौटामा मार्ग छिचोलियो

म्याग्दी । पछिल्लो मनसुनजन्य विपद्पछि बाढी पहिरोका कारण अवरुद्ध बनेको

आजको मौसम : लुम्बिनीसहित विभिन्न प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

काठमाडौं । नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीसँगै मनसुनी वायुको प्रभाव रहेको

चाडपर्वको समयमा तोकिएकोभन्दा बढी भाडा नलिन यातायात व्यवसायीलाई महासङ्घको आग्रह

काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले दसैँलगायत चाडपर्वको समयमा