७ आश्विन २०८३, बुधबार | September 23, 2026

चिनियाँ कम्युनिष्ट पार्टीको प्रतिनिधिमण्डलद्वारा पहिलो भेट राष्ट्रपति भण्डारीसँग



काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौले नेतृत्व गरेको टोलीले नेपाल अवतरण गरेसँगै पहिलो भेट राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेको छ।

नेपाल भ्रमणमा आएको चिनियाँ टोलीले राष्ट्रपति भण्डारीसँग आइतबार साँझ पाँच बजेबाट झण्डै एक घण्टा छलफल गरेको राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डा। भेषराज अधिकारीले पुष्टि गरे ।

राष्ट्रपति भेट्न उपमन्त्री गुओ येचौसहितको प्रतिनिधिमण्डल शितल निवास पुगेको थियो । भेटवार्तामा राष्ट्रपति भण्डारीले एक्लै प्रतिनिधित्व गरेकी थिईन् भने चिनियाँ टोलीसहित वार्तामा बसेको थियो ।

‘साँझ ५ बजेबाट राष्ट्रपतिसँग एक घण्टा भेटवार्ता भएको छ’, स्वकीय सचिव अधिकारीले भने ।

चिनियाँ दूतावासका एक अधिकारीका अनुसार बेइजिङबाट आएको टोलीले राष्ट्रपति सी चिनफिङको सन्देश राष्ट्रपति विद्यादेवी भण्डारीलाई सुनाएको थियो ।

राष्ट्रपति सी को सन्देशमा राजनीतिक स्थिरता कायम गरेर आर्थिक साझेदारी बढाउनु पर्ने उल्लेख रहेको ती अधिकारीले बताए ।

आइतबार मध्यान्ह साढे १ बजे चीनको चेङ्दुबाट पीपीई लगाएरै काठमाडौं उत्रेको चार सदस्यीय चिनियाँ टोली विमानस्थलबाट सिधै बालुवाटारस्थित चिनियाँ दुतावास पुगेको थियो। चिनियाँ टोली चार दिन नेपालमा रहँदा दूतावासभित्रै बस्ने बताइएको छ।

नेपालमा प्रतिनिधि सभा विघटन र सत्तारुढ नेकपामा विभाजन आएपछि राजनीतिक संकट बढेका बेला चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओले नेतृत्व गरेको प्रतिनिधिमण्डल आइतबार काठमाडौं आइपुगेको हो।

नेपालमा स्थिर सरकार र एकिकृत कम्युनिष्ट पार्टीका लागि चीनले यस अघि पनि आफ्नो पक्षधरता देखाउँदै आएको छ । अघिल्लो पटकको नेकपामा देखिएको अन्तरसंघर्षमा पनि चीनले चासो व्यक्त गर्दै नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले अर्थपूर्ण दौडधुप गरेकी थिइन् ।

प्रकाशित मिति : १२ पुस २०७७, आइतबार  ९ : ५२ बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११