१५ असार २०८३, सोमबार | June 29, 2026

पार्टी कार्यालय कब्जाका नाममा देशैभर नेकपा कार्यकर्ता भिड्न थाले पछि कार्यालयको सुरक्षा प्रदान गर्न गृहमन्त्रालयले दियोे कडा निर्देशन



काठमाडौं । नेकपाको आन्तरिक विवादका कारण देशैभरी पार्टी कार्यालय आ आफ्नो पक्षले कब्जा गर्ने होडबाजि चलेको छ । नेकपाको केन्द्रीय कार्यालय रहेको धुम्बाराहीमा ओली पक्षले ताला लगाएपछि सुरु भएको पार्टी कार्यालय कब्जा गने सृङ्खला सुदुर पश्चिमको कञ्चनपुरमा पुग्दा झडपमा रुपान्तरण भएको छ । पार्टी कार्यालयकै लागि २ पक्षीय कार्यकर्ताहरु भिडन्त गर्न थालेपछि गृह मन्त्रालयले देशैभरीका नेकपाका कार्यालय सुरक्षाका लागि स्थानीय प्रशासनलाई निर्देशन जारी गरेको छ।

काठमाडौमा तालाबन्दी, चितवनमा ताला लगाउने र तोड्नेका बीच होडवाजी हुंदै महेन्द्रनगर पुग्दा झडपको स्थिती आएपछि आइतबार गृह मन्त्रालयले नेकपाका देशभरका पार्टी कार्यालयहरु रहेको ठाउँमा सुरक्षा व्यवस्था थप कडा बनाउन प्रहरीलाई निर्देशन गरेको स्रोतले जनाएको छ।

प्रधानमन्त्री केपी शर्मा ओली पक्ष तथा प्रचण्ड पक्ष पक्षबीच पार्टी कार्यालय कब्जा गर्ने होडबाजी सुरु भएपछि सुरक्षा व्यवस्थामा कडाइ पार्न गृहले मातहतको निकायहलाई निर्देशन दिएको हो।

नेकपा नेता कार्यकर्ताहरुले पार्टी केन्द्रीय कार्यालय धुम्बाराही र कन्चनपुर, लम्जुङ, सिन्धुली, चितवन लगायतका जिल्लाका पार्टी कार्यालय कब्जा गर्ने प्रयास गरेका छन्। काठमाडौ धुम्बाराहीको कायाइलय अहिने पनि ताला बन्दै रहेको छ भने चितवनमा आईतबार ओली पक्षले लगाएको ताला प्रचण्ड नेपाल पक्षले आज फोडेर कार्यालय संचालनमा ल्याएको छ । विशेष गरि जिल्ला अध्यक्ष र सचिव जुनपक्षमा खुलेका छन् त्यही पक्षले कार्यालयको स्वामित्व खोज्ने गरिएको छ ।

संसद विघटनको मुद्धा सर्वोच्चमा र पार्टीको आधिकारीकता निर्वाचन आयोगमा बिचाराधिन रहेका बेला पार्टी कार्यालय भने बलजफ्ती कब्जामा लिन दुवै पक्ष लागेका छन्। दुवै पक्षले आधिकारिक र संस्थापन पक्ष आफू भएको दाबी गर्दै पार्टी कार्यालयमा दाबी गरेका हुन्। प्रचण्ड नेपाल पक्षको केन्द्रीय कमिटीको बैठक सकिए लगत्तै प्रचण्ड सहित अर्का अध्यक्ष माधव नेपाल, झलनाथ खनाल लगायत पूर्व एमालेले बनाएको बल्खु स्थित भग्नावशेष कार्यालय पुगेर कार्यालय आफुहरुसंग रहने दाबी प्रस्तुत गरेको थियो ।

अहिले दुवै समूहले आफूहरु वैधानिक नेकपा भएको दाबी गर्दै नेताहरुलाई आफ्नो पक्षमा तानातान गरिरहेका छन्। निर्वाचन आयोगले पार्टीको नाम र चुनाव चिन्हको छिनोफानो नगर्दा सम्म पार्टी कार्यालय कसको हुने र आधिकारीक नेकपा कुन हुने भन्ने अनिश्चित छ।

 

प्रकाशित मिति : १२ पुस २०७७, आइतबार  १० : ५७ बजे

राष्ट्रियसभा बैठक आधा घण्टाका लागि स्थगन

काठमाडौं । राष्ट्रियसभाको आजको बैठक आधा घण्टाका स्थगित गरिएको छ

बाहुनडाँगीमा हात्तीको बथान गाउँ पस्यो

झापा । असारको मध्य महिना किसानका लागि वर्षभरि खाने अन्नबाली

आज असार १५ : राष्ट्रिय धान दिवस, दही-चिउरा खाएर मनाइँदै

काठमाडौं । प्रत्येक वर्ष असार १५ गते मनाइने राष्ट्रिय धान

विश्वकप फुटबलः क्यानडाद्वारा दक्षिण अफ्रिका पराजित

काठमाडौं । दक्षिण अफ्रिकालाई हराउँदै क्यानडा फिफा विश्वकप फुटबल २०२६

मनसुनी वायुको प्रभाव कायमै, देशका धेरै स्थानमा वर्षा र केही क्षेत्रमा भारी वर्षाको सम्भावना

काठमाडौं । देशका विभिन्न भू-भागमा मनसुनी वायुको प्रभाव कायम रहँदा