८ चैत्र २०८२, आइतबार | March 23, 2026

संसद विघटन गरेर केपी ओलीले कलंकको टीका लगाए : प्रचण्ड



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेर कलंकको टीका लगाएको बताएका छन् ।

जनसंस्कृतिक महासंघले सोमबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले ओलीले संविधानले दिँदै नदिएको अधिकार प्रयोग गरेर ओलीले निरंकुश नेताको रुपमा कलंकको टीका लगाएको बताएका छन् ।

प्रचण्डले ओली जंगबहादुरको बाटोमा हिँडेको जिकिर गर्दै उनको पराजय सुरु भएको बताए । उनले भने, ‘ ‘केपी ओली सामन्ती शासक श्री ३ महाराजधिराज जंगेको बाटोमा हिँड्नुभयो । त्यस दिनबाट उहाँको पराजय र हाम्रो विजय यात्रा सुरु भयो ।’

अध्यक्ष प्रचण्डले आफुहरुलाई जनतामा जाने मुद्दा दिएको भन्दै ओलीलाई धन्यवाद पनि दिए । उनले संविधान संघीयता गणतन्त्रको पक्षमा लडिरहने मुद्दा दिएको प्रचण्डको भनाइ थियो ।

प्रकाशित मिति : १३ पुस २०७७, सोमबार  ३ : १३ बजे

ज्येष्ठ सदस्य केसीले राष्ट्रपति समक्ष शपथ लिने

काठमाडौंँ । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले राष्ट्रपति रामचन्द्र पौडेल

प्रधानमन्त्री कार्की र रास्वपा सभापति लामिछानेबीच भेट

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसँग राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति

नाइट फुटबलको उपाधि ब्रोदर्स एफसीलाई

खजुरा । बाँकेको खजुरामा सम्पन्न नाइट फुटबलको उपाधि आयोजक टिम

चालीस हजार स्थायी शिक्षकको व्यक्तिगत अभिलेख ‘डिजिटलाइजेशन’ गरियो

काठमाडौँ । राष्ट्रिय किताबखानाले हालसम्म चालीस हजार स्थायी शिक्षकको व्यक्तिगत

कांग्रेस सभापति थापाले पदबाट दिएको राजीनामा केन्द्रीय समितिबाट अस्वीकृत

काठमाडौं । गगन थापाले पदबाट दिएको राजीनामा नेपाली कांग्रेसको केन्द्रीय