२ पुस २०८२, बुधबार | December 17, 2025

संसद विघटन गरेर केपी ओलीले कलंकको टीका लगाए : प्रचण्ड



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेर कलंकको टीका लगाएको बताएका छन् ।

जनसंस्कृतिक महासंघले सोमबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले ओलीले संविधानले दिँदै नदिएको अधिकार प्रयोग गरेर ओलीले निरंकुश नेताको रुपमा कलंकको टीका लगाएको बताएका छन् ।

प्रचण्डले ओली जंगबहादुरको बाटोमा हिँडेको जिकिर गर्दै उनको पराजय सुरु भएको बताए । उनले भने, ‘ ‘केपी ओली सामन्ती शासक श्री ३ महाराजधिराज जंगेको बाटोमा हिँड्नुभयो । त्यस दिनबाट उहाँको पराजय र हाम्रो विजय यात्रा सुरु भयो ।’

अध्यक्ष प्रचण्डले आफुहरुलाई जनतामा जाने मुद्दा दिएको भन्दै ओलीलाई धन्यवाद पनि दिए । उनले संविधान संघीयता गणतन्त्रको पक्षमा लडिरहने मुद्दा दिएको प्रचण्डको भनाइ थियो ।

प्रकाशित मिति : १३ पुस २०७७, सोमबार  ३ : १३ बजे

वर्तमान राजनीतिक सङ्कटको निकास चुनावबाट मात्र सम्भवः संयोजक प्रचण्ड

धनुषा । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

एमाले ११ औं महाधिवेशन : १२ बजे सम्ममा मतदान स्थल पुगे मतदान गर्न पाईने

काठमाडौँ । नेकपा (एमाले) को ११ औं महाधिवेशन अन्तर्गतको निर्वाचनका

जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको

कतार उडे खगेन्द्रप्रसाद र रुद्रकली

लुम्बिनी । नेपाल सरकारले कतार सरकारलाई उपहारका रूपमा दिएका दुई

नबिल बैंकद्वारा अविमोच्य असञ्चिति अग्राधिकार शेयर बाँडफाँट

काठमाडौँ । नबिल बैंक लिमिटेडले पाँच अर्ब रुपैयाँ बराबरको ‘नबिल