२२ श्रावण २०८३, शुक्रबार | August 7, 2026

नेकपाको ओली पक्षले रुपन्देहीमा अगुवा कार्यकर्ता भेला गर्ने



बुटवल । एकैस्थानमा हुँदा राजधानी नछाडेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय नेताहरु पार्टीमा विभाजन आएपछि धमाधम जिल्ला दौडाहामा निस्कन थालेका छन् । प्रचण्ड-नेपाल पक्षले जिल्लाभेला सम्पन्न गरेसँगै ओली पक्षले पनि रुपन्देहीमा पुस १९ गते अगुवा कार्यकर्ता भेलाको आयोजना गर्ने भएको छ ।

नेकपा ओली पक्षको रुपन्देही जिल्ला कार्यालयको सोमबार बसेको बैठकले पुस १९ गते पुष्पलाल स्मृती भवन बुटवलमा अगुवा कार्यकर्ता भेल गर्ने निर्णय गरेको नेकपा ओली पक्ष रुपन्देहीका प्रवक्ता मोहन चापागाईंले जानकारी दिए ।

चापागाईका अनुसार ओली पक्षमा खुलेका जिल्ला कमिटी रुपन्देहीका अध्यक्ष शिवराज सुवेदीको अध्यक्षतामा बसेको बैठकले स्थानीय पालिका कमिटीहरुको बैठक यही पुस १४ गते दिउँसो २ बजे आयोजन गर्न पनि निर्देशन दिएको छ । त्यस्तै पुस १५ देखि १७ गतेसम्म उक्त वडामा रहेका सबै नेतृत्वको सहभागितामा वडास्तरीय बैठक बसी अगुवा भेलाको सूचना व्यवस्थित गर्न पनि निर्देशन दिएको छ ।

भेलालाई संबोधन गर्न वक्ताहरुको व्यवस्था मिलाउन इन्चार्ज मार्फत केन्द्रीय कमिटीलाई अनुरोध गर्ने निर्णय पनि बैठकले गरेको प्रवक्ता चापागाईले जानकारी दिए ।

बिस्तारित बैठकलाई संबोधन गर्दै ओली पक्षीय केन्द्रीय सदस्य एवं रुपन्देही इन्चार्ज लिला गिरीले पार्टीलाई एकतावद्ध बनाइराख्नका लागि अगुवा कार्यकर्ता भेलाले महत्वपूर्ण भूमिका खेल्ने बताउँदै अव पार्टी सुद्धृढीकरण अभियानमा लाग्नुपर्ने बताए ।

रुपन्देहीका सबै केन्द्रीय सदस्य सहभागी बैठकलाई नेकपा केन्द्रीय सदस्य एवं रुपन्देहीका सहइन्चार्ज एकराज विश्वकर्मालगायतले पनि संबोधन गरेका थिए ।

प्रकाशित मिति : १३ पुस २०७७, सोमबार  ९ : ४० बजे

मनसुनको प्रभाव कायम, बाढीपहिरोको जोखिमबाट सतर्क रहन आग्रह

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज पनि

करदाता प्रोत्साहन कार्यक्रमः शुक्रबार उपहार घोषणा गरिने

काठमाडौँ । आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रमको सम्पूर्ण

लक्षित वर्गका बिरामीलाई निःशुल्क उपचार गर्न ‘फोकल पर्सन’

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले लक्षित वर्गका नागरिकलाई

पच्चीस वर्षपछि यसरी नाफामा फर्कियो नेपाल औषधि लिमिटेड

काठमाडौं । एकदशक अगाडिसम्म कर्मचारीको तलब दिन नसक्ने अवस्थामा पुगेको

भारतमा मुख्यधारका सञ्चारमाध्यमप्रति अविश्वास बढ्दो

नयाँदिल्ली । भारतमा गत महिना भएको युवा नेतृत्वको विरोध प्रदर्शनले