२० बैशाख २०८३, आइतबार | May 3, 2026

अङ्ग्रेजी नयाँ वर्ष मनाउन पोखरा आउन रेबानकाे आग्रह



पोखरा । रेष्टुरेण्ट एण्ड बार एशोसियशन (रेबान) पोखराले अङ्ग्रेजी नयाँ वर्ष मनाउनका लागि पोखरा आउन सबैलाई आग्रह गरेको छ ।

सडक महोत्सवको पूर्वसन्ध्यामा आज आयोजित पत्रकार सम्मेलनमा रेबानले आन्तरिक पर्यटकलाई अँग्रेजी नयाँ वर्षमा पोखरा घुम्न आउन आह्वान गरेको हो ।

सडक महोत्सव यही पुस १५ गते (आज) १ बजे औपचारिक उद्घाटन गर्ने कार्यक्रम रहेको महोत्सवका संयोजक वसन्त गौतमले जानकारी दिए । “पोखराको पहिचान बनेको सडक महोत्सव पुस १५, १६ र १७ गते हुँदैछ, कार्यक्रमको गण्डकी प्रदेशको मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन गर्नेछन ।” उनले भने “२२आँै सडक महोत्सव कोरोना महामारीबीच ‘पोखरा सुरक्षित र खुला छ’ भन्ने सन्देशसहित हुन लागेको छ, हामी पोखरा घुम्न आउन आन्तरिक पर्यटकलाई आह्वान गर्छौँ ।” रेबानका अध्यक्ष लक्ष्मण बरालले २१ वर्षअघिदेखि मनाइँदै आएको महोत्सवलाई निरन्तरता दिँदै आन्तरिक पर्यटकलाई लक्ष्य गरेर महोत्सव आयोजना गरिएको बताए ।

बरालका अनुसार पोखराको हल्लन चोकदेखि तीन किलोमिटर क्षेत्रमा एक मञ्चमा गन्धर्व संस्कृति र तीन मञ्चमा गण्डकी प्रदेशको संस्कृति झल्कने विभिन्न जातजातिका वेशभूषासहितको सांस्कृतिक कार्यक्रम गरिनेछ ।

यस पटक महोत्सवमा २० मात्र कक्ष रहनेछन् जसमा ६ वटा स्वास्थ्यसम्बन्धी हुनेछन् । केही कक्षमा स्याङ्जा र आसपासका सुन्तला र प्राङ्गारिक उत्पादन र हस्तकला सामग्री रहनेछन् ।

त्यसैगरी बीच भलिबल, डुङ्गा दौड प्रतियोगिता र टेनिस प्रतियोगिता गरिनेछ । पोखराका विभिन्न पर्यटकीय गतिविधिको फोटो भिडियो पनि प्रदर्शन गरिनेछ । रेबानका सल्लाहकार गणेश भट्टराईले पोखराको ब्राण्ड सडक महोत्सवलाई कोरोना महामारीबीच पनि निरन्तरता दिँदै पोखरा खुला र सुरक्षित भन्ने सन्देश दिनु सकारात्मक भएको बताए ।

संस्थाका महासचिव वसन्त भट्टराईले प्रवेशद्वारबाट स्वास्थ्य सतर्कतामा विशेष ध्यान दिएर महोत्सवस्थलमा प्रवेश गराइनाका साथै स्वास्थ्य सचेतनासम्बन्धी गतिविधिलाई विशेष जोड दिइने बताए । महोत्सवबारे काठमाडौँमा समेत पत्रकार सम्मेलन गरेर पोखरा आउन निम्तो दिइएको जनाइएको छ ।

प्रकाशित मिति : १५ पुस २०७७, बुधबार  ६ : ०४ बजे

राष्ट्रपतिले पुनर्विचारका लागि फिर्ता पठाए संवैधानिक परिषद् अध्यादेश

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश सरकारलाई फिर्ता

स्याफ्रुबेँसी-रसुवागढी सडक तीव्रगतिमा स्तरोन्नति गरिँदै

रसुवा । गल्छी-त्रिशूली-मैलुङ-स्याफ्रुबेँसी-रसुवागढी राजमार्गअन्तर्गत स्याफ्रु रसुवागढी खण्डमा तीव्रगतिमा स्तरोन्नति भइरहेको

सरकारले उद्योगी-व्यवसायीलाई दुःख दिँदैन : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले उद्योगी–व्यवसायीलाई

सिद्धबाबा मन्दिर विकास समितिको अध्यक्षमा अरविन्द पाण्डेय चयन

बुटवल । सिद्धबाबा मन्दिर विकास समिति तिनाउ-३, दोभान पाल्पाको अध्यक्षमा

सुकुम्बासी बस्ती हटाउने कदमप्रति दयाहाङ राईको असन्तुष्टि

काठमाडौं । सुकुम्बासी बस्ती हटाउने सरकारी कदमप्रति जनआक्रोश बढ्दै गएको