२० बैशाख २०८३, आइतबार | May 3, 2026

अक्सिजन भर्न पोखरा पुग्नुपर्ने समस्या हट्यो



म्याग्दी । जटिल अवस्थाका र श्वासप्रश्वाससम्बन्धी समस्या भएका बिरामीको उपचारमा अति आवश्यक अक्सिजनका लागि पोखरा पुग्नुपर्ने म्याग्दीबासीको समस्या हटेको छ ।

बेनी अस्पतालले अक्सिजन उत्पादन शुरु गरेपछि श्वासप्रश्वाससम्बन्धी समस्या भएका बिरामीको उपचार सहज भएको छ । यसअघि सिलिण्डरमा अक्सिजन भर्न पोखरा पुग्नुपर्ने बाध्यता थियो ।

बेनी अस्पतालका प्रमुख चिकित्सक डा जितेन्द्र कडेलले अक्सिजन प्लान्ट सञ्चालन भएको जानकारी दिए । ‘श्वासप्रश्वास, आइसीयुमा राख्नुपर्ने, दमलगायत शल्यक्रिया गर्नुपर्ने बिरामीको उपचारमा सहज भएको छ’, उनले भने, ‘घरमै अक्सिजन दिएर राख्नुपर्ने बिरामीका लागि पनि सिलिण्डर भर्न पोखरा जाने समय र खर्चको बचत हुन्छ ।’

केन्द्रबाट अस्पतालको शय्यामै पाइपलाइनमार्फत अक्सिजन पुर्याउने तयारी गरेको कडेलले बताए । यसका लागि प्रदेश सरकारले चालु आर्थिक वर्षमा रु १० लाख बजेट पठाएको छ ।

प्लान्टले एक दिनमा १५ वटासम्म सिलिण्डरमा अक्सिजन भर्न सक्ने क्षमता रहेको प्रमुख डा कडेलले बताए । हाल १० वटासम्म सिलिण्डर भर्ने गरिएको छ । अस्पतालमा अहिले दैनिक २० देखि २५ जना श्वासप्रश्वाससम्बन्धी समस्या भएका बिरामी आउँछन् ।

हावालाई प्रशोधन गरेर अक्सिजनलाई सिलिण्डरमा भर्न मिल्ने उपकरण जडान गरिएको छ । एक पटकमा तीनवटा सिलिण्डरमा अक्सिजन भर्न सकिन्छ । अक्सिजन उत्पादन केन्द्रको पूर्वाधार निर्माण र औजार खरिद तथा जडान गर्न रु ६३ लाख खर्च भएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालले बताए ।

‘सामाजिक विकास मन्त्रालयले गत आर्थिक वर्ष रु ७५ लाख बजेट पठाएकोमा प्रतिस्पर्धामार्फत रु ४३ लाखमा अक्सिजन उत्पादन गर्ने उपकरण खरिद गरिएको थियो’, उनले भने, ‘सङ्घीय सांसद भूपेन्द्र थापाको सिफारिसमा स्थानीय पूर्वाधार साझेदारी कार्यक्रममार्फत रघुगङ्गा गाउँपालिकाले दिएको रु १४ लाख र अस्पतालको रु एक लाख ४० हजारमा सिलिण्डरमा अक्सिजन भर्ने बुस्टर मेसिन किनेर प्लान्ट सञ्चालनमा ल्याएका छौँ ।’

मन्त्रालयको रु पाँच लाख सहयोगमा अक्सिजन प्लान्ट स्थापना गर्ने भवन निर्माण गरिएको छ । धवलागिरि गाउँपालिकाले चालु आर्थिक वर्षमा विनियोजन गरेको रु ३० लाखबाट सघन उपचार कक्षमा एउटा भेन्टिलेटर थप गर्ने र एसी जडान गर्ने तयारी भएको कटुवालले बताए।

विसं २०७२ मा ५० शय्या क्षमतामा स्तरोन्नति भएको बेनी अस्पतालले हालै पाँच शय्या क्षमताको सघन उपचार कक्ष (आइसीयु) सञ्चालनमा ल्याएको थियो ।

गत साउन महिनादेखि मिर्गौलाको डायलाइसिस सेवा शुरु गरेको अस्पतालले आँखा उपचार कक्षसमेत सञ्चालन गरेको छ । फोहोर व्यवस्थापन केन्द्रसमेत स्थापना गरेको छ ।

प्रकाशित मिति : १५ पुस २०७७, बुधबार  ७ : ३५ बजे

रसुवागढी हुँदै मानसरोवर यात्रा सुरु

रसुवा । नेपाल-चीन सीमा नाका रसुवागढी हुँदै पवित्र धार्मिकस्थल मानसरोवर

सुनचाँदी बजार : सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

काठमाडौं । गत शुक्रबारको तुलनामा स्थानीय बजारमा आज सुनको भाउ

हुलाकी राजमार्ग खजुरा खण्डको सडक फराकिलो बनाउन माग गर्दै हस्ताक्षर संकलन

खजुरा । स्तरोन्नतीको चरणमा रहेको नेपालगन्ज-गुलरिया सडक खण्डको खजुरा बजार

भू-अभिलेख सूचना व्यवस्थापन प्रणालीमार्फत वास्तविक सुकुम्बासीको परीक्षण सुरु

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भू-अभिलेख

लालपुर्जा नभएका सबैलाई हटाउन खोजे ५० लाख जनसंख्या गरिबीको चक्रमा फस्नेछ : शंकर पोखरेल

काठमाडौं । सरकारले सुकुम्बासी तथा अव्यवस्थित बसोबासी बस्तीमाथि निरन्तर डोजर