२० मंसिर २०८२, शनिबार | December 6, 2025

एकै दिन काठमाडौंका तीन स्थानमा चोरी, चोरको नजर गरगहनामा



काठमाडौं । मंगलबार एकै दिन काठमाडौंका तीन स्थानमा चोरीका घटना भएका छन ।

तारकेश्वर नगरपालिका-११ शुभकामना चोक डेरा गरी बस्ने सिरहा गोलबजार नगरपालिका-३ घर भएका २५ वर्षीय रवीनकुमार लामाको कोठाबाट ताल्चा फुटाइ तीन तोला सुन र नगद ५० हजार रूपैयाँ मंगलबार राति चोरी भएको हो ।

यसैगरी काठमाडौं महानगरपालिका-१५ अजिमा हलनजिक डेरा गरी बस्ने खोटाङ घर भएकी ३० वर्षीया भूमिका थापा मगर र तनहुँ व्यास नगरपालिका-११ घर भएकी २३ वर्षीया मनिषा गुरुङको कोठाबाट करिब दुई लाख १० हजार रूपैयाँ मूल्य बराबरको धनमाल मंगलबार साँझ चोरी भएको छ ।

कोही नभएको अवस्थामा कोठाको ताल्चा फुटाएर सुनका विभिन्न गहना र नगद ६५ हजार रूपैयाँ चोरी भएको प्रहरीले जनाएको छ ।

यसैगरी काठमाडौंको नागार्जुन नगरपालिका-५ थापाचोक बस्ने पवन सुनुवारको घरबाट करिब दुई लाख १९ हजार रूपैयाँ बराबरको सुनका विभिन्न गहना मंगलबार बेलुका चोरी भएको छ ।

चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति : १५ पुस २०७७, बुधबार  १ : २० बजे

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय