२० मंसिर २०८२, शनिबार | December 6, 2025

मन्त्रीपरिषद विस्तारविरूद्ध सर्वोच्चमा परेको रिटमाथि सुनुवाइ हुँदै



काठमाडौं । संसद विघटनपछि प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको मन्त्रीपरिषद विस्तारविरुद्धको रिटमा आज सर्वोच्च अदालतमा सुनुवाइ हुन लागेको छ ।

प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटनपछि मन्त्रीपरिषद विस्तार गरेका थिए । त्यसविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता लोकेन्द्र ओलीले रिट दायर गरेका थिए ।

त्यसैमाथि आज सर्वोच्चमा सुनुवाइ हुन लागेको हो । यो रिटको सुनुवाइ सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासमा तोकिएको छ ।

रिटमा नवनियुक्त मन्त्रीहरुलाई कामकारवाही नगर्न अन्तरिम आदेश माग गरिएको छ । त्यस्तै, यो सरकार काम चलाउन भएकाले मुलुक सञ्चालनका दैनिक कामकारबाहीबाहेक दिर्घकालीन असर पर्ने निर्णय नगर्न नगराउन आदेश माग गरिएको छ ।

यो रिट इजलास नं. ५ को रहेको छ । आज सुनुवाइ हुने मुद्दाको अन्तिममा परेको छ । प्रधानमन्त्री ओलीले पुस १० गते मन्त्रीपरिषद विस्तार गरेका थिए । जसमा केही मन्त्रीलाई हेरफेर गरिएको थियो भने केही नयाँ नियुक्त गरिएको थियो ।

प्रकाशित मिति : १५ पुस २०७७, बुधबार  १ : ३७ बजे

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय