१५ चैत्र २०८०, बिहिबार | March 28, 2024

विद्यालयमा स्वास्थ्य सावधानी अपनाउन बुटवल उपमहानगरको आग्रह



बुटवल । बुटवल उपमहानगरपालिकाले कोभिड-१९ र अहिले फेरि विश्वका विभिन्न मुलुकमा फैलिइरहेको नयाँ प्रजातिको भाइरसको जोखिम न्यूनिकरण गर्दै विद्यालय सञ्चालन गर्न निर्देशन दिएको छ ।

उपमहानगरले विद्यालय भवन र कक्षा कोठामा नियमित सेनेटाइज गराउनुका साथै अब आवश्यक स्वास्थ्य सामग्री समेत उपलव्ध गराउने भएको छ । पहिलो चरणमा सामुदायिक विद्यालयलाई सेनेटाइजक लागि आवश्यक क्लोरिन र स्प्रे बक्स उपलब्ध गराइएको छ ।

पहिलो चरणमा उपमहानगरका समुदायिक विद्यालयहरुलाई क्लोरिन, सेनेटाइजर, स्प्रे बक्स र ज्वरो नाप्ने थर्मल गनसहितका स्वास्थ्य सामग्री प्रदान गरिएको हो । बुधबार उपमहानगरपालिकामा प्रमुख सुवेदीले विद्यालयका प्रअलाई उक्त सामग्री हस्तान्तरण गर्दै बालबालिकाको स्वास्थ्य संवेदनशिलतालाई विशेष हेक्का राखेर सावधानी अपनाउन आग्रह गरे ।

उनले विद्यालय प्रवेश वा बसमा चढ्नु अगाडि थर्मलगनबाट तापक्रम नाप्ने, स्वास्थ्य चेकजाँच गर्नुपरे तुरुन्तै उपमहानगरमा खबर गर्ने, मास्क नभए मास्क उपलव्ध गराउने र स्वास्थ्य सावधानीका सबै उपाय अनिवार्य अपनाउनुपर्नेमा जोड दिए ।

उपमहानगरका सामुदायिक विद्यालयहरुमा पछिल्ला केही वर्ष यता विद्यार्थीको आकर्षण बढेको छ । बुटवलमा हाल सामुदायिक विद्यालयको संख्या ३८ र संस्थागत विद्यालयको संख्या ५६ रहेको छ । सामुदायिक र संस्थागत विद्यालयमा गरी करिब ६० हजार विद्यार्थीले पठनपाठन गर्दै आएका छन् ।

उपमहानगरले साना कक्षाका विद्यार्थीलाई भने विद्यालय नबोलाउन निर्देशन दिइसकेको छ । कक्षा ३ भन्दा तलका विद्यार्थीलाई अनलाइनबाट पढाइँदै आएको र कक्षा ३ भन्दा माथिका विद्यार्थीलाई मात्रै विद्यालयमा स्वास्थ्य सावधानी अपनाएर पठा पाठन गराउन लगाइएको उपमहानगरले जनाएको छ ।

विद्यार्थी ल्याउन लैजान गाडिको व्यवस्था गरिएको भए प्रत्येक पटक एक जना शिक्षक समेत रहेर विद्यार्थीहरुलाई स्वास्थ्य सम्बन्धी प्रोटोकल पालना गराउने व्यवस्था गर्ने, बसमा सिट संख्या भन्दा बढी नराख्न निर्देशन दिइएको उपमहानगरका शिक्षा तथा जनशंख्या महाशाखा प्रमुख तथा उपसचिव मित्रमणी खनालले बताए ।

विद्यालय कक्षा कोठा तथा विद्यार्थी ल्याउन लैजान प्रयोग गरिने गाडी प्रत्येक दिन अनिवार्य निर्मलीकरण गरिएको र स्वास्थ्य मापदण्ड पालना गरेर विद्यालय सञ्चालन गरिएको बुटवलको कालिका-मानव ज्ञान माविका प्रधानाध्यापक विष्णुहरि ज्ञवालीले बताए । उपमहानगरले केही उपकरणसहित स्वास्थ्य सामग्री उपलव्ध गराएपछि स्वास्थ्यजन्य काममा सहयोग मिलेको बताए ।

विद्यालयहरुले साबुन पानिले हात धुने व्यवस्था मिलाउने । मास्क र सेनिटाइजर अनिवार्य प्रयोग गराउँदै आएका छन् । कुनै पनि विद्यार्थीका परिवारका सदस्यमा संक्रमण पुष्टि भएमा स्वास्थ्य परीक्षण गराएर रिपोर्ट नेगेटिभ नआएसम्म सो परिवारका वालवालिकालाई अनलाइनबाट कक्षा लिने गरि व्यवस्था मिलाउन लगाइएको उपमहानगरले जनाएको छ । विद्यार्थीमा कोभिड संक्रमण संग मिल्दो जुल्दो लक्षण देखिएमा पीसीआर परीक्षणका लागि उपनगरपालिकाले नै व्यवस्था मिलाइएको छ ।

कोभिड–१९ को महामारी नियन्त्रणका लागि सरकारले जारी गरेका स्वास्थ्य मापदण्ड पालना गर्दै सुरुमा अनलाइनबाट र त्यसपछि मापदण्ड पूरा गरि सावधानीका साथ कक्षा सञ्चालन गरिएको नहरपुर माविका प्रधानाध्यापक धनिश्वर गौतमले बताए ।

उनले विद्यार्थीले खाजा/पानी घरबाटै ल्याउने विद्यालयमा क्यान्टीनको व्यवस्था गर्नै पर्ने भए स्वास्थ्य सम्बन्धी मापदण्ड पूर्णत पालना गरेर मात्र संचालन गर्न लागाएको बताए । कक्षा संचालन गर्दा कक्षामा २० जना भन्दा बढी र एउटा वञ्चमा २ जना भन्दा बढी नराख्ने फर्निचर व्यवस्था गर्दा दुरी कायम हुने गरी गर्न उपमहानगरले निर्देशन दिएको थियो । यद्यपि कतिपय विद्यालयमा सोही अनुरुपको मापदण्ड नअपनाएको गुनासो आएपछि प्रमुखले सावधानी अपनाउन प्रधानाध्यापकहरुलाई निर्देशन दिए ।

विद्यार्थीहरु हर समय शिक्षकको निगरानीमा रहनेगरी सिकाई क्रियाकलाप निरन्तर राख्ने एक शिक्षक कक्षा कोठाबाट निस्कदा तुरुन्त अर्को शिक्षक कक्षा कोठामा पस्ने गरी समय व्यवस्थापन गर्ने, खाली पिरियड नहुने वा टिफिन ब्रेक नगरी विद्यार्थी एकै ठांउमा जमघट नहुने व्यवस्था गर्ने । खेल वा अतिरिक्त क्रियाकलाप सम्बन्धी कार्यक्रम संचालन नगर्न निर्देशन दिइए अनुसार विद्यालय सञ्चालन भएको उपमहानगरका प्रवक्ता रामप्रसाद रेग्मीले बताए ।

यसअघि नै संघीय सरकारले जारी कोभिड-१९ को सन्दर्भमा : विद्यालय संचालन सम्बन्धी कार्यढाँचा, २०७७ मा उल्लेखित कुराहरु पुरा गर्न उपमहानगरले पालिकामा रहेका सबै विद्यालयलाई निर्देशन दिएको प्रवक्ता रेग्मीको भनाइ छ ।

कोभिड-१९ को सन्दर्भमा विद्यालय सञ्चालन सम्बन्धी स्थानीय तहलाई प्राप्त अधिकारहरु आवश्यकता अनुसार वडा शिक्षा समिती तथा विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गर्न सकिने गरि व्यवस्था मिलाइएको शिक्षा, स्वास्थ्य तथा जनसंख्या महाशाखा प्रमुख खनालले बताए ।

प्रकाशित मिति : १५ पुस २०७७, बुधबार  ४ : २२ बजे

गगन थापाको टिप्पणी- ‘बा र भगवान प्रश्नभन्दा माथि !’

काठमाडौँ ।  नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बा र भगवानलाई

बजेट मागिरहने तर पुँजीगत खर्च गर्न नसक्ने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हरेक आर्थिक वर्षमा बजेट

राष्ट्रियसभाकी उपाध्यक्ष उर्मिला अर्यालको राजीनामा

काठमाडौं । राष्ट्रियसभाकी उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा दिएकी छन्

कप्तान रोहितको खेलकुदमन्त्रीलाई गुनासो- ‘सरकारले घोषणा गरेको पुरस्कार अझै पुरा पाएनौं’

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेलले सरकारले

बुटवलको पाखापानीमा एक पुरुष मृत फेला

बुटवल । रुपन्देहीको बुटवल उपमहानगरापलिका-२ पाखापानीमा एक पुरुष बिहीबार विहान